☰ open Loading... 17 May 2024|  

प्रदेश खबर

वीरेन्द्रनगरमा जुवाडे पक्राउ

    प्रकाशित मितिः १९ कार्तिक २०७७, बुधबार १७:५३
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, सोही नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर ९ का २५ वर्षीय प्रवेश गुरुङ, वडा नम्बर ३ का ३६ वर्षीय खम्बबहादुर

सुनिता हत्याकाण्डका दाेषीलाई कार्वाही गरियोस् : समाजसेवी सुनार

    प्रकाशित मितिः १९ कार्तिक २०७७, बुधबार १७:४३
तिलक रिजाल डुङ्गेश्वर गाउँपालिका–६ दैलेखकी २१ वर्षीया सुनिता विकको शंकास्पद मृत्यु भएको भन्दै नेकपाका युवा नेता तथा समाजसेवी तिर्थ सुनारले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् । एकपछि अर्को गर्दै महिला माथि हिंसा भइरहेका छन्। आखिर कहिलेसम्म महिलाहरु मर्नुपर्ने ? खोई स्वतन्त्र तरिकाले बाँच्न पाउने अधिकार, नेता सुनारले भने, ` यस्ता घटनामा संलग्न जोकोहीलाई पनि कानुनी कठघरामा ल्याउन जर

चामलको बल्ल छानबिन थालियो

    प्रकाशित मितिः १९ कार्तिक २०७७, बुधबार १६:२०
  सुर्खेत — कर्णालीका जिल्लाहरूमा चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न प्रदेश सरकारले पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ । बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समिति बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यको अध्यक्षतामा समिति गठन गरेको हो । सरकारकी प्रवक्ता रहेकी कृषिमन्त्री विमला केसीका अनुसार सम

भेरी किनारमा युवा मृत फेला

    प्रकाशित मितिः १८ कार्तिक २०७७, मंगलवार १९:०२
सल्यानको कुमाख गाउँपालिका-१, भित्रिवन चौरस्थित भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जाजरकोट भेरी गाउँपालिका-४, बस्ने २७ वर्षीय मधुबहादुर शाही मृत अवस्थामा भेटिएका हुन् । करिब ९/१० दिन पहिले घरबाट निस्किएर बेपत्ता भएका शाही भेरी नदीको किनारामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए । उनका अनुसार उक्

जुम्लामा बालिकाको मृत्यु

    प्रकाशित मितिः १८ कार्तिक २०७७, मंगलवार १८:४९
पिङ खेल्दै गर्दा डोरी घाँटीमा बेरिँदा जुम्लामा एक बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-७, भारतीवाडाकी मनिका बुढाको मृत्यु भएको हो । आफ्नै घरमा पिङ खेल्ने क्रममा अचानक घाँटीमा पासो लागि उनी गम्भीर घाइते भएकी थिइन् । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको थियो । मनिकाको उपचारकै क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

    प्रकाशित मितिः १८ कार्तिक २०७७, मंगलवार १८:०७
सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन् । भेरीगंगा नगरपालिका-१३, का २९ वर्षीय अशोक चन्द र गुर्भाकोट नगरपालिका-१४, का १८ वर्षीय कुशल सुनार घाइते भएका हुन् । चन्दको हात र खुट्टामा सामान्य चोट लागेको छ । र, उनको भेरी पोलिकिल्निक छिन्चुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै सुनारको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई थप
कर्णालीका जिल्लामा वितरण गर्ने चामल भक्तपुर पठाउने व्यापारी प्रहरीको नियन्त्रणमा

कर्णालीका जिल्लामा वितरण गर्ने चामल भक्तपुर पठाउने व्यापारी प्रहरीको नियन्त्रणमा

    प्रकाशित मितिः १८ कार्तिक २०७७, मंगलवार १३:३८
कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान ११ बजे पक्राउ गरिएको हो । उनको स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लगिने एसपी भट्टले जानकारी दिए । उनका अनुसार शर्मालाइ कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    प्रकाशित मितिः १७ कार्तिक २०७७, सोमबार २०:४९
सल्यानमा सोमबार (आज) बेलुका मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । सल्यानको लान्तिबाट श्रीनगरतर्फ आउँदै गरेको रा३प ४६४९ नम्बरको मोटरसाइकलमा पछाडि सवार करिब २५ वर्षीय पूणर् रेउलेको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानामा मृत्यु भएको हो । सोमबार बेलुका ६ बजेतिर लान्ति बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा रेउले गम्भीर घाइते भएका थिए । प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लाग

आगलागीबाट मृत्यु

    प्रकाशित मितिः १७ कार्तिक २०७७, सोमबार १७:५४
सल्यानको शारदा नगरपालिका -२ गैरा गाउँ बस्ने ५३ वर्षीया पार्वती खड्काको घरमा आगजनी हुँदा मृत्यु भएको छ । ओछ्यानमा आगो सल्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कोठामै आगो लाग्दा उनकी मृत्यु भएको हो ।
समाजसेवी तथा युवा नेता तीर्थ गरे वृद्ध दम्पतीलाई सहयोग

समाजसेवी तथा युवा नेता तीर्थ गरे वृद्ध दम्पतीलाई सहयोग

    प्रकाशित मितिः १५ कार्तिक २०७७, शनिबार २१:०६
वीरेन्द्रनगरस्थित खार्खोलामा बस्दै आएका एक विपन्न अशक्त वृद्ध दम्पतीलाई समाजसेवी तथा युवा नेता तीर्थ सुनारले सहयोग गरेका छन् । शनिबार वृद्ध दम्पतीको घरमै पुगेर तिहारका लागि नयाँ कपडा र खाद्यान्न सहयोग गरेका हुन् । केही दिनअघि नागरिक दैनिकका पत्रकार गणेश विशुले ‘मासु र लुगा त परको कुरा, जमरासमेत पाएनन् वृद्ध दम्पतीले’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार प्रकाशन पछि आफूले वृद्ध दम्पतील