☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

यात्रु कोचेर हुईकिदै जिप ( फोटो फिचर )

यात्रु कोचेर हुईकिदै जिप ( फोटो फिचर )

    प्रकाशित मितिः १० आश्विन २०७७, शनिबार १६:५८
दैलेख -चौराठाबाट दैलेख बजार आउने जिप मापदण्ड विपरित मान्छे भित्र बाहिर कोचेर ल्याउने गरेको छ। चर्को भाडा लिएर यात्रु ओसार्ने गरेको हो । ट्राफिक प्रहरीसंग मिलोमतो मा जिपले मान्छे कोचेर ल्याउने गरेको बुझिएको छ । वर्षातमा सडक जोखिम हुँदा समेत जिपले मान्छे कोचेर ल्याउँदा सरोकारवाला निकाय मौन छ । दैनिक बिजौरा हुँदै रामपुर डाँडामा मान्छे झर्ने गर्दछ एक स्थानीयले भने । निजी नम्बरका जिपले भाँडा लिन म
यामलालले सेवा सुविधा फिर्ता गरे

यामलालले सेवा सुविधा फिर्ता गरे

    प्रकाशित मितिः ८ आश्विन २०७७, बिहीबार ०७:३०
  सुर्खेत -कर्णाली प्रदेशसभा सदस्य एवम नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कंडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा सुविधा फिर्ता गर्नुभएको छ। नेता कंडेलले प्रदेशसभा सचिवालयलाई एक पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा सुविधाको फिर्ता गदै प्रदेशसभा सदस्यको हैसियत पाउने सुविधा मात्र उपलब्ध गराउन माग गर्नुभएको छ।प्रदेश सरकारको २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा सुविधा लिइर
नेपालमा थप३सय५६जनामा काेराेना संक्रमण

नेपालमा थप३सय५६जनामा काेराेना संक्रमण

    प्रकाशित मितिः ६ आश्विन २०७७, मंगलवार १८:२८
    काठमाण्डाै – नेपालमा पछिल्लो २४घण्टामा कोरोना भाइरसका संख्या एक हजार तीन सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टा यता ११ हजार एक सय ५४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५६ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय २३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४८ हजार ६१ पुगेको छ । यस्तै गए

सल्यानमा एक वृद्धको मृत्यु

    प्रकाशित मितिः ६ आश्विन २०७७, मंगलवार १४:१८
सल्यान -सल्यानमा खाना खाएर सुतेका एकजना वृद्धको मृत्यु भएको छ । बागचौर नगरपालिका–७, सानागाडाकोटका ६८ वर्षीय विक्रम डाँगीको मृयु भएको हो ।गाईको घ्यू खोज्न जाँदा रातपरेपछि उनी सोही नगरपालिका वडा नम्बर ४ खाराका टीकाराम ओलीको घरमा बास बसेका थिए । टीकाराम मृतक विक्रमका मावली नाता पर्ने व्यक्ति हुन् । साँझ खाएर सुतेका विक्रम बिहान हेर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ
नेपालमा एकैदिन थपिए ११५४ कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए ११५४ कोरोना संक्रमित

    प्रकाशित मितिः ५ आश्विन २०७७, सोमबार १८:२३
काठमाडौं : नेपालमा पछिल्लो २४घण्टा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार  समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत भएका छन्।  यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उनले बताए। आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। आजसम्म

कर्णालीमा ट्रफिक प्रहरीलाई सरुवा गरेबापत माेटाे रकम दिनुपर्ने बाध्यता

    प्रकाशित मितिः ३ आश्विन २०७७, शनिबार १९:११
सुर्खेत -ट्रफिक प्रहरीका प्रमुखहरुले नै प्रहरी जवान र हवल्दारबाट विभिन्न नाकाबाट पैसा नै तोकेर रकम असुल्ने गरेको आरोप लागेको छ।ट्रफिक प्रहरीले आफ्ना हाकिमहरुलाई रकम कबुल गरेर नाकामा गएबापत मोटो रकम दिनेगरेको रहस्य खुलेको छ।केहीदिन अघि सुर्खेतको छिन्चुबाट एक जना प्रहरी हवल्दार र प्रहरी जवानले अटो चालक संग रकम लिएको खुलेको थियो।त्यो रकम उनिहरुले आफ्ना हाकीमलाई खुशी बनाउन र आफुले चाहेको स्थानमा जानको
भवन प्रहरीकाे कब्जामा

भवन प्रहरीकाे कब्जामा

    प्रकाशित मितिः १ आश्विन २०७७, बिहीबार २१:३७
  सुर्खेत - बीरेन्द्रनगर ९ लाटीकोईली काँक्रेविहार संरक्षित क्षेत्रमा वनको सुरक्षाको लागी बनाएको एउटा भवन एक बर्षदेखि प्रहरीको कब्जामा छ।जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षा गाडको लागि बनाइएको भवन प्रहरीलाई दिइएको हो।केही समयका लागी भन्दै गत २०७६ भदै २५ अस्थाइ प्रहरी बिटका लागी भवन दिएको हो।तर डिभिजन वनका प्रमुखको व्यवास्थाका कारण एकबर्षदेखि प
परीक्षणमा चाप, कन्ट्याक्ट ट्रेसिङमा चुनौती

परीक्षणमा चाप, कन्ट्याक्ट ट्रेसिङमा चुनौती

    प्रकाशित मितिः १ आश्विन २०७७, बिहीबार १९:१९
वीरेन्द्रनगर — समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कर्णालीका प्रयोगशालामा आरटी–पीसीआर परीक्षणमा चाप बढ्दै गएको छ । सुर्खेत, दैलेख, जुम्ला र रुकुममा रहेका प्रयोगशालामा दैनिक परिक्षणमा चाप बढेको हो ।समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत उनीहरुको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पनि पीसीआर जाँच गर्न थालिएपछि परीक्षणमा चाप बढेको हो । जनस्वास्थ्य सेवा कार्यालयका
मन्त्रीविहीन मन्त्रालयः अनुगमनका नाममा पार्टी प्रवेश कार्यक्रममा सहभागी

मन्त्रीविहीन मन्त्रालयः अनुगमनका नाममा पार्टी प्रवेश कार्यक्रममा सहभागी

    प्रकाशित मितिः ३० भाद्र २०७७, मंगलवार १८:०६
  सुर्खेत, भदौ ३०कर्णाली प्रदेश मन्त्रीविहीन भएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो जोखिममा पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्रीहरू जिल्ला दौडाहमा गएकाले मन्त्रालयहरू मन्त्रीविहीन भएका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाही सोमबार जुम्ला पुगेका छन्। जुम्ला पुगेका मुख्यमन्त्री शाही भवन उद्घाटन, विभिन्न योजना अनुगमन कार्यक्रममा स
बिमा रकम भुक्तानीमा ढिलाइ

बिमा रकम भुक्तानीमा ढिलाइ

    प्रकाशित मितिः ३० भाद्र २०७७, मंगलवार १७:३३
  सुर्खेत -कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष चैत एक गतेदेखि लागू हुने गरेर कर्णालीका सबै नागरिक र यहाँ कार्यरत कर्मचारीहरुको सामुहिक प्राकृतिक विपद् दुर्घटना विमा ग¥यो। कर्णालीका १७ लाख ७० हजार नागरिक र छ महिनादेखि कर्णालीमा कार्यरत जुनसुकै जिल्लाका कर्मचारीको मृत्यु भएमा परिवारले राष्ट्रिय विमा कम्पनीमार्फत दुई लाख रुपैयाँ विमावापतको रकम पाउने यो कार्यक्रम कार्यान्वयनमा भने ढिलाई भइरहेक