☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

अन्य भुकप्म प्रभावित जिल्लामा गएन राहत

अन्य भुकप्म प्रभावित जिल्लामा गएन राहत

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १६:०४
भूकम्पबाट प्रभावितहरूलाई उद्धार गरेसँगै सरकारले राहत वितरण कार्यक्रम जाजरकोट र पश्चिम रुकुममा मात्र केन्द्रित गरेको छ । कात्तिक १७ मा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाको मृत्यु भएको थियो । मुख्य प्रभावित दुई जिल्ला बाहेक कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पले क्षति गरेको छ । तर, ती जिल्लामा केन्द्र सरका
भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै राष्ट्रपति

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै राष्ट्रपति

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:०८
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन्। पौडेलले भेरी नगरपालिकामा भूकम्पले भत्केका घरहरूको निरीक्षण गर्नुका साथै स्थानीयहरूसँग छलफल गरेका छन्। सो क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राहत वितरण प्रक्रियाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राहत नपाएको भन्दै भूकम्प पीडितमा आक्रोश

राहत नपाएको भन्दै भूकम्प पीडितमा आक्रोश

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:०१
जाजरकोट भूकम्प पीडितहरूले राहत नपाएको भन्दै आक्रोशित बनेका छन्। भूकम्प गएको पाँचौदिनसम्म पनि राहत नपाएपछि भूकम्प प्रभावित परिवारले आक्रोश पोखेका हुन्। जाजरकोटको भेरी नगरपालिका १ रिम्लेका भूकम्प प्रभावितले राहत वितरणमा ढिलाई तथा पक्षपात भएको भन्दै प्रदेश सरकारसमक्ष आक्रोश पोखेका छन्। राहतसामग्री लिएर रिम्ले पुगेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण बहादुर जिसीलाई आफूहरू

त्रिपालको सहारामा भूकम्पपीडित

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १२:१८
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ। भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ। पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ। सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समेत त्रिपाल
राष्ट्रपति पौडेल सुर्खेतमा, केहीबेरमा जाजरकोट जाँदै

राष्ट्रपति पौडेल सुर्खेतमा, केहीबेरमा जाजरकोट जाँदै

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १२:१३
राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन्। शुक्रवार रातिको भुकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न उनी सुर्खेत पुगेका हुन्। उनको बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोटलगायत भुकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ। राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत सुर्खेतबाट नेपाली से
इपिसेन्टरमै पुगेन सरकारी राहत

इपिसेन्टरमै पुगेन सरकारी राहत

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार ०८:४३
भूकम्प गएको तीन दिनपछि केन्द्रबिन्दु रहेको जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा पुग्दा धनी बोहरा बेलुकाको खानेकुरा जोहो गर्न बारीतिर गएकी थिइन्। भूकम्पका कारण उनको घर चर्किएको छ। बारीमा काठको खाँबोमा फेरे (ऊनी कपडा) थियो। ‘भूकम्पले घर चर्किएकाले भित्र पस्न डर लाग्छ,’ धनीले भनिन्, ‘बारीमा फेरे टाँगेर रात बिताउने गरेका छौं।’ उनको ६ जनाको परिवारले तीन दिनदेखि यसैगरी रात काटिरहेको छ। भूकम्पको इ
जाजरकोट र रुकुममा २ सय ४८ विद्यालय भत्किए

जाजरकोट र रुकुममा २ सय ४८ विद्यालय भत्किए

    प्रकाशित मितिः २० कार्तिक २०८०, सोमबार २०:०६
भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा गरेर २ सय ४८ विद्यालय भत्किएका छन्। सोमबारसम्म संकलन भएको तथ्याङ्क अनुसार २ सय ४८ विद्यालय भवनमध्ये १ सय ६ विद्यालय भवन पूर्ण रुपमा क्षति भएको छ। जाजरकोटमा पूर्ण क्षति भएका विद्यालयहरू भवन ९१ वटा, ३ सय ६६ वटा कक्षाकोठा, ४३ वटा शौचालय, ११ वटा कम्प्युटर कक्षा, १ वटा पुस्तकालय, ७ वटा घेरवार पर्खाल, ४ वटा सोलार सिस्टम रहेको छ। त्यस्तै आंशिक क्षति भएका वि
आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने

आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने

    प्रकाशित मितिः २० कार्तिक २०८०, सोमबार ०७:४९
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको भन्दै महाशाखाले बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको हो। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू
व्यास गुफामा तीन दिने पञ्च कुण्डिय गायत्रीयज्ञ

व्यास गुफामा तीन दिने पञ्च कुण्डिय गायत्रीयज्ञ

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार २०:०१
गायत्री परिवार नेपालको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफामा तीन दिने पञ्च कुण्डिय गायत्री यज्ञ आईतबारबाट शुरू भएको छ। व्यास नगरपालिका वडा नम्बर ३ व्यास गुफा परिसरमा कार्तिक १बाट भइरहेको आठौ विश्व ॐकार तथा हिन्दू महामिलन पर्व अन्तर्गत गायत्री परिवार नेपालले सहभागिता जनाउदै तीन दिने पञ्च कुन्डिय गायत्री यज्ञ आईतबार बाट शुरू गरेको हो। मानवमा देवत्व र धर्तीमा स्वर्गको अवतरण भन्ने मूल ध्येयका
सँगै सुतेका ३ दिदीबहिनी बिते, भाग्यले बाँचिन् ईशा

सँगै सुतेका ३ दिदीबहिनी बिते, भाग्यले बाँचिन् ईशा

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १९:२४
दसैँ मनाउन जाजरकोट पुगेकी बाँके, बानियाभार निवासी २२ वर्षिया ईशा शाहले भूकम्पमा परिएला भन्ने कल्पना नै गरेकी थिइनन्। काठमाडौँमा स्नातक अध्ययन गर्ने उनी जाजरकोट गएर मामा, ठुलीआमा र सानी आमाका घरमा चाडपर्वको रमझममा थिइन्। विनाशकारी भूकम्प आएर सानी आमाको घर भत्किँदा उनी भाग्यले बाँचिन्। तर, सँगै सुतेका ३ जना दिदी बहिनीलाई आफ्नै आँखा अगाडी गुमाउनु पर्दाको पीडा अहिले पनि उनले भुल्न सकेकी छैनन्। ईसा