☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

    प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ०३:११
सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले बताए । ‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
नेपाल पुष्प व्यवसायी संघ सुर्खेतको अध्यक्ष- घर्ती

नेपाल पुष्प व्यवसायी संघ सुर्खेतको अध्यक्ष- घर्ती

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार १८:५७
सुर्खेतमा व्यवसायिक रुपमा फुल (पुष्प) खेती गर्दे आएका किसानहरु संगठित भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायीहरुको भेलाले हिरा बहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ । घर्ती नेपालीरैबार । २०८० कार्तिक १७, शुक्रबार 90 Shares facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonsharethis sharing button सुर

कर्णालीमा कांग्रेसले ‘जागरण अभियान’ सञ्चालन गर्दै

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार १८:५२
नेपाली कांग्रेसले कर्णालीमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार सल्यानको सदरमुकाममा बसेको प्रदेश कमिटीको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रदेश कमिटी सभापति ललितजंग शाहीको सभापतित्वमा ११ औँ नियमित एवं तेस्रो घुम्ती बैठक सल्यान खलङ्गामा बसेको थियो । उक्त बैठकले कर्णालीका कांग्रेसलाई सुदृढ र बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता दमन
व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु :नेपालऋषि जगमान गुरुङ

व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु :नेपालऋषि जगमान गुरुङ

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार ०८:५४
नेपाल ऋषि तथा वरिष्ठ संस्कृतिविद् डाक्टर जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि, पराशर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको बताएका छन् । व्यास गुफा परिसरमा कार्तिक १ गतेबाट भइरहेको आठौ विश्व ॐकार तथा हिन्दू महामिलन पर्व अन्तर्गत विश्व हिन्दु महासंघ नेपाल स्याङ्जा शाखाले बिहीबार बाट आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ एवम् धार्मिक महोत्सव २०८० को शुभारम्भ कार

सुनचाँदी पसलमा छापा मारेर चाँदी बरामद

    प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार २१:४९
विराटनगरमा एक सुनचाँदी पसलमा छापा मारेर तस्करी गरी ल्याइएको ठूलो परिमाणको चाँदी बरामद गरेको छ। बिहीबार दिउँसो विराटनगर उपमहानगरपालिका-११ पिचरास्थित पशुपति सुनचाँदी पसलमा छापा मारेको हो। करिब ४० किलो चाँदी बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना पर्शुराम दाहालले बताए। उनका अनुसार उक्त चाँदीका गरगहना अहिले भन्सार कार्यालयमा राखिएको छ। बरामद गरिएको चाँदीको यकिन तौल निकालिने उनले बताए।
मनाङमा ६ महिनामा ९ हजारभन्दा बढी पर्यटक

मनाङमा ६ महिनामा ९ हजारभन्दा बढी पर्यटक

    प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार २१:३४
हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ । यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापक

श्रीमती हत्याको आरोपमा पक्राउ

    प्रकाशित मितिः १५ कार्तिक २०८०, बुधबार २१:०६
कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् । प्रहरीका अनुसार उनले घरायसी विवादका क्रममा २६ वर्षीय सन्ध्या चमारको हत्या गरेका थिए।उनले गत कात्तिक ८ गते श्रीमतीले गलामा लगाएको मालाले घाँटी थिचेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर थापाले बताए।कर्त
आज नेपालगन्ज (जमुनाहा) नाका बन्द

आज नेपालगन्ज (जमुनाहा) नाका बन्द

    प्रकाशित मितिः ८ कार्तिक २०८०, बुधबार २१:२४
दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ।हिन्दूहरुको महान् चाड दसैंको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक

ढाेग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

    प्रकाशित मितिः ८ कार्तिक २०८०, बुधबार २०:२३
ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए । सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए । स्याँला गाउँबाट आएका केशर र सन्ताेषले घनश्यामलाई हामीहरू तेरो
रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

    प्रकाशित मितिः ८ कार्तिक २०८०, बुधबार ०६:३१
गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो । पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।