☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

आठविसलाई गरियो पूर्ण खोप घोषणा

आठविसलाई गरियो पूर्ण खोप घोषणा

    प्रकाशित मितिः १९ असार २०८२, बिहीबार १९:४५
स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ दैलेखको आठबिस नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर पालिका घोषणा एक समारोह बीच गरिएको छ । दैलेखको आठबिस नगरपालिकाले भव्य कार्यक्रम गर्दै पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेको हो। पुर्ण खोप सुनिश्चिता नगर पालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, नगर प्रमुख तर्क बहादुर
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    प्रकाशित मितिः १८ असार २०८२, बुधबार २०:४६
चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।
दुर्गमको पीडा : लेखा अधिकृत भागेको अध्यक्षको आरोप, निलम्बनको चेतावनी

दुर्गमको पीडा : लेखा अधिकृत भागेको अध्यक्षको आरोप, निलम्बनको चेतावनी

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १४:४८
मुगुको सोरु गाउँपालिकाका लेखा अधिकृत आर्थिक वर्षको अन्त्यमा काम छाडेर भागेको आरोप लागेको छ। गाउँपालिका अध्यक्षले लेखा अधिकृतलाई निलम्बनको धम्की दिएका छन्, भने अधिकृतले आफू बिरामी भएको बताएका छन्। लेखा अधिकृतको अनुपस्थितिका कारण योजनाको भुक्तानी, तलबभत्ता र आर्थिक कारोबार प्रभावित भएको छ। सुर्खेत । आर्थिक वर्षको अन्त्यसँगै बजेट कार्यान्वयनको चटारोमा रहेका वेला मुगुको सोरु गाउँपालिकामा लेखा अधिकृ
कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण

कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १०:३७
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशका ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशन गरेको थियो। गत वर्ष यस प्रदेशमा ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यो वर्ष कर्णाली प्रदेशबाट एसइई दिएका ३१ हजार सात सय ७३ विद्यार्थीमध्ये १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार

सुर्खेत बसपार्कमा यात्रु तान्नेहरूमाथि प्रहरीको एक्सन

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १०:१७
सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्कमा यात्रु तान्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले कडाई गरेको छ। नगर प्रहरी इन्चार्ज राजन भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा यात्रुहरु तान्ने र यात्रा असहज बनाउने कार्यमा संलग्नहरूलाई धमाधम पक्राउ गर्न थालेको हो। बसपार्कमा लामो समयदेखि यात्रु तानातान गर्ने, सेवाग्राहीलाई असहज बनाउने जस्ता गतिविधिहरू बढेपछि प्रहरी सक्रिय भएको हो।

अश्लिन फोटो बनाएर बेचेको आरोपमा पक्राउ

    प्रकाशित मितिः १६ असार २०८२, सोमबार १९:५४
महिलाको अश्लील फोटो भिडियो बनाएर बेचेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्।

दैलेखमा यात्रु बोकेको अटो पल्टियो

    प्रकाशित मितिः १६ असार २०८२, सोमबार १९:४३
दैलेखमा यात्रु बोकेको अटो पल्टिएको छ। दैलेख बजारदेखि चुप्रा जाँदै गरेको अटो अनियन्त्रित भई पल्टिएको हो। इन्द्रबहादुर पराजुलीले चलाएको भे १ ह १९०९ नम्बरको अटो पल्टिदा चारजना सवारी मध्ये एकजना घाइते भएका छन्। सवार भएका मध्य तीनजनालाई सामान्य भएको र एकजना बिमा थापा मगरको हातको औंला भाँचिएको निधार र खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दिपेन सिंहले मनाए वृद्रा आश्रममा जन्मदिन

दिपेन सिंहले मनाए वृद्रा आश्रममा जन्मदिन

    प्रकाशित मितिः १५ असार २०८२, आईतवार १७:३७
पछिल्लो समय जन्मदिन मनाउने आआफ्नै तरिका छन्। कसैले घरमा, कसैले साथीभाइसँग मनाउँछन् त कसैले सामाजिक सद्भाव सेवामार्फत मनाउने गर्दछन्। त्यसै क्रममा आज पुस १५ गते जन्मदिन मनाउन सिद्धापाइला यातायात समितिका अध्यक्ष दिपेन सिंह ठकुरीले प्रशान्त वृद्धाश्रम पुगेका छन्। उनले आश्रममा ३० जना जेष्ठ नागरिकसँग दहीचिउरा, फलफुल भोजन गराएर केक काटेर आफ्नो जन्मदिन मनाएका हुन्। १५ गते बिहान ४२ औँ जन्मोत्सवको अवसरम
पश्चिम नेपालमा भारी वर्षाको अनुमान

पश्चिम नेपालमा भारी वर्षाको अनुमान

    प्रकाशित मितिः १४ असार २०८२, शनिबार २१:३३
जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानका आधारमा असार १४ गते अर्थात् आज रातिदेखि १६ गतेसम्म देशका पश्चिमी प्रदेशहरूमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको छ। यस सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै विशेष सूचना जारी गरेको छ। प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको
सुर्खेतमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी

सुर्खेतमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी

    प्रकाशित मितिः १४ असार २०८२, शनिबार १८:१७
सुर्खेतको गुर्भाकोट नगर पालीका- १० डांफे बस्ने एउटै घर परिवारका ५ जना जङ्गली च्याउ खाँदा बिरामी भएका छन्। नाम नखुलेको च्याउ खादा बिरामी भएका उनीहरूलाई मेलकुना अस्पतालमा उपचार भइरहेको छ। जङ्गली च्याउ खाँदा बिरामी हुनेमा ५४ बर्षकी भिमसरा खत्री, २८ बर्षकी शुसिला श्रीष, २७ बर्षकी जानकी पौडेल, २८ बर्ष की तारा खत्री, १३ बर्षकी शिरिष खत्री रहेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुट