खलासी बालक भन्छन् ः गाडी गाँस, बास दुवै हो
प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १२:३०
जुम्ला। जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो । बसको ढोकाबाट सानो फुच्चे केटो यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने – काठमाडौँ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओँठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी थिए, कालीकोट फोइमहादेव गाविसका १२ वर्षीय बालक किशोर बुढा । सानो उमेरमै खलासी काम गर्दै आएका किशोरले काठमाडौँका लागि बस नजिक