कर्णालीमा फेरिँदै एमालेको समीकरण- जिल्ला अध्यक्ष र प्रदेश सांसदले छाडे माधवको साथ प्रदेश सभामा एकलौटी, संघीय सांसदमा ओली पक्षमा ५, माधवका ३ जना
प्रकाशित मितिः २७ श्रावण २०७८, बुधबार ०५:०१
सुर्खेत । नेकपा एमालेको आन्तरिक संघर्षका कारण प्रदेशसभामा वहुमत हुँदा-हुँदै पनि विपक्षी गठबन्धनको सरकार बनेपछि कर्णालीमा एमालेको समीकरण फेरिन थालेको छ ।
माधव नेपाल पक्षका चार सांसदले माओवादी-कांग्रेस गठबन्धनलाई सघाएपछि पार्टीको आन्तरिम समीकरणमा फेरबदल आएको हो । कर्णालीमा केपी ओली भन्दा माधव नेपालको पक्ष बलियो थियो ।
तर पछिल्लो समय एमालेका जिल्ला कम









