भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो
प्रकाशित मितिः १८ असार २०७६, बुधबार ०८:२९
काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको अन्तिम चारमा पुग्न सफल भएको हो । बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ ।
३१५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४८ ओभरमा सबै विकेटको क्षतिमा २८६ रन मात्रै बनाएपछि भारतले खेल जितेको हो ।
बंगलादेशका लागि शकिब अल हसनले ६६ रन ब








