पर्यटक लोभ्याउँदै मकवानपुरगढी
प्रकाशित मितिः १६ मंसिर २०७५, आईतवार १८:०३
प्रकाश अधिकारी
हेटौँडा । शनिबार हेटौँडा बुद्धचौकमा झुल्किएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा खुुशी लागेको बताए ।
रोजगारीका सिलसिलामा लामो समय कतारमा बसेका उनलाई स्वदेश फर्केपछि घरमै बसिरहन मन लागेन । दशैँ–तिहार मानेर पोखरेल परिवारसहित सुर्खेतदेखि मुगुको रारा र लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौँसम्मको यात्रा गरिसकेपछि आफूलाई उक्त ग