☰ open Loading... 13 March 2025|  

विश्व खबर

पाकिस्तान यात्रुवाहक ट्रेन अपहरण: १८२ जना यात्रु बन्धक, २० सैनिकको मृत्यु

पाकिस्तान यात्रुवाहक ट्रेन अपहरण: १८२ जना यात्रु बन्धक, २० सैनिकको मृत्यु

    प्रकाशित मितिः २७ फाल्गुन २०८१, मंगलवार २१:३४
पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंककारी समूहले एक यात्रुवाहक ट्रेन अपहरण गरेका छन्। क्वेटाबाट खैबर पख्तुनख्वा जाँदै गरेको जाफर एक्सप्रेसलाई नियन्त्रणमा लिँदै आतङ्ककारीहरूले १८२ यात्रुलाई बन्धक बनाएका छन्। यस क्रममा भएको गोलीहानामा २० सैनिकको मृत्यु भएको छ भने ट्रेन चालक गम्भीर घाइते भएका छन्। मंगलबार दक्षिण-पश्चिमी पाकिस्तानको बलूचिस्तान क्षेत्रमा आतंककारीहरूद्वारा ट्रेनमा आक्रमण गरिएको थि
रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी रूस-युक्रेन युद्धमा मारिए

रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी रूस-युक्रेन युद्धमा मारिए

    प्रकाशित मितिः २७ फाल्गुन २०८१, मंगलवार १०:५३
रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् । सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् । ४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर
सिरिया हिंसा : दुई दिनमा हजार बढीको मृत्यु, अलावाइट समुदायका व्यक्तिहरूलाई फाँसी दिइयो

सिरिया हिंसा : दुई दिनमा हजार बढीको मृत्यु, अलावाइट समुदायका व्यक्तिहरूलाई फाँसी दिइयो

    प्रकाशित मितिः २५ फाल्गुन २०८१, आईतवार १४:१५
सिरियाको लताकिया र टार्टसमा सेना र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच विगत केही दिनदेखि झडप भइरहेको छ। यस हिंसाका कारण दुई दिनमा एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यो मृत्युको संख्या २०११ मा भएको सिरियाली गृहयुद्धपछिको सबैभन्दा उच्च हो। यो जानकारी सिरियामा भइरहेको युद्धको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले दिएको हो। संस्थाका अनुसार पछिल्ला दुई दिनमा सुरक्षा
रुसले युक्रेनमा आक्रमण गर्दा २५ जनाको मृत्यु

रुसले युक्रेनमा आक्रमण गर्दा २५ जनाको मृत्यु

    प्रकाशित मितिः २५ फाल्गुन २०८१, आईतवार १०:२७
रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो । बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो । बीबीसीका अनुसार शुक्रबार राति रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गर्दा दोनेत्स्क क्षेत्रमा
भारतमा इजरायली पर्यटकसहित दुई महिला बलात्कृत : दुई अभियुक्त पक्राउ

भारतमा इजरायली पर्यटकसहित दुई महिला बलात्कृत : दुई अभियुक्त पक्राउ

    प्रकाशित मितिः २५ फाल्गुन २०८१, आईतवार ०६:५२
भारतको कर्नाटकस्थित प्रसिद्ध पर्यटकीय स्थल हम्पीमा भएको जघन्य अपराधको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार राति तुंगभद्रा नहरको किनारमा एक २७ वर्षीया इजरायली महिला पर्यटक र २९ वर्षीया होमस्टे सञ्चालकमाथि तीन जना पुरुषले सामूहिक बलात्कार गरेका थिए। सोही घटनामा एक पुरुष पर्यटकको नहरमा डुबेर मृत्यु भएको थियो। प्रहरीले दुई अभियुक्तलाई नियन्त्रणमा लिएर तेस्रो फरार अभियुक्तको खोजी तीव्
युक्रेनमा रुसको आक्रमण : १२ जनाको मृत्यु, ३० घाइते

युक्रेनमा रुसको आक्रमण : १२ जनाको मृत्यु, ३० घाइते

    प्रकाशित मितिः २४ फाल्गुन २०८१, शनिबार १५:१७
शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ। यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो। युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ।
चीनको डिङ्ग्ये काउन्टीमा ५.९ म्याग्निच्युडको भूकम्प, धक्का नेपालसम्म

चीनको डिङ्ग्ये काउन्टीमा ५.९ म्याग्निच्युडको भूकम्प, धक्का नेपालसम्म

    प्रकाशित मितिः २४ फाल्गुन २०८१, शनिबार १५:०८
नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ। शनिबार दिउँसो २:३५ मिनेटको समयमा चीनको डिङ्ग्ये काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं सहितका अन्य जिल्लामा पनि महसुस गरिएकाे थियो। यसअघि आज बिहान मात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो।
नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा जागिर खाएका चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा जागिर खाएका चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २० फाल्गुन २०८१, मंगलवार १६:२२
झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा जागिर खाएका जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्यता लिई राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको नक्कली प्रमाणपत्र पेश गरी कोशी अस्पतालमा रेडियोग्राफर पदमा नियुक्ति लिएका
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

    प्रकाशित मितिः १४ फाल्गुन २०८१, बुधबार ०९:५८
इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ। भूकम्पको तीव्रता ६.१ रेक्टर स्केलको थियो। भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि रहेको विभागले जनाएको छ। भूकम्पबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ। यसअघि सन् २०२१ मा पनि सुलावेसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यो भूक
टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

    प्रकाशित मितिः ६ फाल्गुन २०८१, मंगलवार ०९:१८
क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए । बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।