☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

बर्दियामा बसको ठक्करबाट एक जनाको मृत्यु

बर्दियामा बसको ठक्करबाट एक जनाको मृत्यु

    प्रकाशित मितिः २८ आश्विन २०७८, बिहीबार ०६:११
  बर्दिया,। बर्दियामा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका– ८ का १३ वर्षीय गणेश परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको बसले विपरित दिशातर्फबाट आउँदै गरेको साइकलमा सवार परियारलाई लक्ष्मण चोकमा ठक्कर दिएको प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालमा थपथपिए ३६५ जना कोरोना संक्रमित

नेपालमा थपथपिए ३६५ जना कोरोना संक्रमित

    प्रकाशित मितिः २८ आश्विन २०७८, बिहीबार ०६:०१
  काठमाडौं, । पछिल्लो २४ घण्टा यता नेपालमा थप ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।५ हजार ५९४ जनामा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ६०९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हाल नेपालमा ११ हजार २६१ जनाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा हाल १४ हजार २६७
थप ३६५ जनामा कोरोना संक्रमण

थप ३६५ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार १७:३६
काठमाडौं । पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।३ हजार ६ सय ७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल
साफ च्याम्पियनसीपः बङ्गलादेशले गोल गरेसँगै नेपालमाथि दबाब

साफ च्याम्पियनसीपः बङ्गलादेशले गोल गरेसँगै नेपालमाथि दबाब

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार १७:३१
काठमाडौं, २७ असोज । मालदिभ्समा जारी साफ च्याम्पियनशीप फुटबलमा बङ्गलादेशले नेपालमाथि गोल गरेको छ । बङ्गलादेशले पहिलो हाफको ९औं मिनेटमा गोल गरेपछि नेपाल दबाबमा परेको हो । सुमोन रेजाले बङ्गलादेशका लागि गोल गरेका थिए । गोल खाएपछि नेपाल आक्रामक खेल खेलिरहेको छ ।खेलमा नेपालले बराबरी गरेमात्र पनि फाइनलको यात्रा तय गर्नेछ । बङ्गलादेशलाई जित्नैपर्ने वाध्यता छ ।
भारतको उत्तर प्रदेशमा किसानको आन्दोलन फेरी सुरु

भारतको उत्तर प्रदेशमा किसानको आन्दोलन फेरी सुरु

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार ०५:५५
  एजेन्सी । भारत, उत्तर प्रदेशको लखीमपुर खिरीका किसाानहरुले सरकारलाई दिएको अल्टिमेटम सकिएपछि आजदेखि फेरी आन्दोलन थालेका छन् । आन्दोलनका क्रममा उनीहरुले लखीमपुरको खिरीमा ब्यापक प्रदर्शन गरेका छन् । सरकार बिरुद्ध चर्को नारा लगाउँदै आन्दोलमा उत्रेका प्रदर्शनकारीले यातायात सेवा समेत अवरुद्ध पारेका छन् । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा ब्यबस्था निकै कडा तुल्याईएको छ । यसअघि भएको आन्दोलनक
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार ०५:४४
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । मौजुदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिमा त्याे मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले आज साेमवार जारी गरेकाे विज्ञप्त
मुगु बस दुर्घटनामा मृत्युु हुनेको संख्या ३२ पुग्यो

मुगु बस दुर्घटनामा मृत्युु हुनेको संख्या ३२ पुग्यो

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार ०५:३५
  काठमाडौं, । मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।२४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएपछि मृतकको सं
ग्राहकलाई सास्ती दिँदै वाणिज्य बैंक सुर्खेत शाखा

ग्राहकलाई सास्ती दिँदै वाणिज्य बैंक सुर्खेत शाखा

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार ०५:२६
सुर्खेत- राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयले निकालेको सुचनाले गर्दा नागरिकले सास्ती खेप्नु परेको छ । दसैँको अवसर पारेर निकालेको बैंकका शाखा सञ्चालन सम्बन्धित एक सुचनाले नागरिकले सास्ती खेप्नु परेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको वाणिज्य बैंक शाखामा ग्राहकले सास्ती खेप्दै आएका छन् । केन्द्रीय कार्यालयको सुचनाका आधारमा सुर्खेत शाखा सञ्चालन आज असोज २६ गते मंगल
दशैंमा जथाभाबी मूल्यवृद्धि उपभोक्तालाई सास्ती

दशैंमा जथाभाबी मूल्यवृद्धि उपभोक्तालाई सास्ती

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार ०५:१६
  सुर्खेत । चाडपर्वको मौका छोपी सुर्खेत आसपासका क्षेत्रका व्यापारीले तरकारी, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र रंगरोगनका सामाग्रीमा आफूखुसी मूल्य बढाएका छन् । बजार अनुगमन तीव्र पारिए पनि व्यापारीले अखाद्य वस्तु र म्याद नाघेका उपभोग्य सामग्री विक्री वितरणसँगै मनलाग्दी मूल्यवृद्धि गर्न छोडेका छैनन् । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रति बढ्दै गइरहेको छ । सबैजसो व्यापारिक
थप ७९२जनामा कोरोना संक्रमण

थप ७९२जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २७ आश्विन २०७८, बुधबार ०५:०७
  काठमाडौं,  । पछिल्लो २४ घण्टा यता नेपालमा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र दुई हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । गत २४ घण्टामा ९१० संक्रमित संक्रमणम