सिचाई नहुँदा कर्णालीमा रोपाइँ भएन्
प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:१५
कर्णालीमा सिचाई सुविधा नहुँदा रोपाई हुन सकेको छैन् । सरकारले सिचाई कुलो र नहरलाई प्राथमिकता नदिदाँ किसानहरु आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने बाध्यतामा रहेका छन् ।
मध्य असारसम्म कर्णालीमा आधा पनि धान रोपाइँ हुन सकेको छैन । वर्षा हुन ढिलाइ भएपछि यो वर्ष धान रोपाइँ समयमा हुन नसकेको हो । अघिल्लो वर्षसम्म यति बेलासम्म आधाभन्दा बढी धान रोपाइँ भइसक्थ्यो । यद्यपि यो वर्ष ४७ प्रतिशतको हाराहारीमा मात्