☰ open Loading... 23 December 2024|  

Author: Admin

पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार ११:३३
पहिरोले कर्णाली राजमार्गको अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश सभाबाट बजेट पारित

कर्णाली प्रदेश सभाबाट बजेट पारित

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार १६:१८
केन्द्रीय सत्ता गठबन्धनमा आएको उथुलपुथलसँगै कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभामा पेश गरेको बजेट आज पारित भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारले असार एक गते ३१ अर्ब ४१ करोडको बजेट ल्याएको थियो । कर्णाली प्रदेश सभा सभामुख नन्दा गुरुंगले बजेट सर्वसम्मतले पारित भएको घोषणा गरिन । त्यसअघि सदनमा मुख्यमन्त्री यामलाल कंडेलले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
सुनको मूल्य फेरी बढ्यो

सुनको मूल्य फेरी बढ्यो

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार १५:५९
शुक्रबार स्थानीय बजारमा सुनको मूल्य सुन एक सय रुपैँयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक सय रुपैँयाले बढेको हो। बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैँयामा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार चार सय रुपैँया पुगेको छ। यस्तै,सुन बिहीबार प्रतितोला एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४३ हजार सात सय निर्
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार १५:५६
बिहानैदेखि परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डको सडक अवरुद्ध भएको छ। कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ को गगनेखोलामा ठूला ढुङगाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए। उनका अनुसार बिहानैदेखि परेको अविरल वर्षाले माथिबाट ठूला ढुङगाले आएपछि सडक बन्द भएको हो। अहिले सडक डिभिजन कार्यालय, जुम्लाले अहिले सडक खुलाउन सुरु
जुम्लामा चट्याङ लागेर ५४ भेडा मरे

जुम्लामा चट्याङ लागेर ५४ भेडा मरे

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार ०८:४९
जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, मालिकाबोता स्थित चुचेमारा धचाखर्केको रंगिन पाटन भन्ने स्थानमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन्। बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पुर्‍याएको हो। चट्याङले गाउँका एघार किसानका भेडाहरू मरेका छन्। माइकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मान बहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरि बहादु
असार २१ गते तपाईको राशी कस्तो छ पढ्नुहोस्

असार २१ गते तपाईको राशी कस्तो छ पढ्नुहोस्

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार ०८:४६
मेष राशिः धन कमआर्जन हुने योग देखिन्छ। रोजगारीको अवसर मिल्ने समय छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ। काममा मतभिन्न हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। वाणी सफल हुने योग छ। वृष राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विशेष फल प्राप्तिको समय छ। चर्म रोग देखिन सक्छ। अध्ययन, लेखनको क्षेत्रमा केही सुधार आउने छ। प्राविधिक उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। मिथुन राशिः पा
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ असार २०८१, शुक्रबार ०६:४७
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया देखि पूर्णतय
ट्राफिक प्रहरीको चेकजाँच

ट्राफिक प्रहरीको चेकजाँच

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार १९:२४
सुर्खेतमा पछिल्लो समय दुर्घटना बढेसंगै ट्राफिक प्रहरी म’ख्य तथा भित्रि सडकहरुमा चेकजाँचलाई कडाई गरेको छ । ट्राफिक प्रहरी संख्या कम हुँदा चेकजाँचमा कठिनाई भएपनि नेपाल प्रहरीको सहयोगमा चेकजाँचहरु हुने गरेको छ ।
सुन फेरी एक हजार छ सय बढ्यो

सुन फेरी एक हजार छ सय बढ्यो

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार १९:१५
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ। यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ। यस्तै च
रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार १९:१२
पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेको प्रहरीले जनाएको छ। रारा राष्ट्रिय निकुञ्जले तालमा माछा मार्न र पौडी खेल्न प्र