प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु हुँदै
प्रकाशित मितिः २ कार्तिक २०७३, मंगलवार १५:५१
सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आउने भएको छ । कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त कार्यक्रम लागू गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपर जोन