☰ open Loading... 30 April 2024|  

वेथिति

गाउँमा म्याद गुज्रेका खाद्यबस्तु छ्याछ्याप्ती

गाउँमा म्याद गुज्रेका खाद्यबस्तु छ्याछ्याप्ती

    प्रकाशित मितिः ६ कार्तिक २०७५, मंगलवार १३:५९
दैलेख । सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतको नेतृत्वमा नौमुले र डुंगेश्वर गाउँपालिका बजारहरुमा भएको अनुमनमा प्राय म्याद गुज्रेका खाद्यबस्तुहरु भेटिए । म्याद गुज्रेको मात्रै होईन् मुल्य वृद्धि उस्तै त्यसमा पनि कुनै पनि पसलमा मुल्यसुची नै टाँस गरिएको छैन् । १८ रुपैँया प्रिन्ट रेट रहेको आयोडिन नुनको पोकालाई खुलमखुल्ला २५ रुपैँयामा विक्रि गरेको जिल्ला अनुगमन समितिले भेटायो । तेल, चामल लगायत
घुस रकमसहित बावियाचाैरका प्रहरी निरीक्षक श्रेष्ठ पक्राउ

घुस रकमसहित बावियाचाैरका प्रहरी निरीक्षक श्रेष्ठ पक्राउ

    प्रकाशित मितिः २८ आश्विन २०७५, आईतवार १४:००
  सुर्खेत । सेवाग्राहीसंग घुस रकम लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको हो । पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई
नगरपालिकाको फोहर खोलामा

नगरपालिकाको फोहर खोलामा

    प्रकाशित मितिः २८ आश्विन २०७५, आईतवार ११:४९
रुकुम पश्चिम ।  यहाँ आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैँले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो । उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै फोहर सो खोलामा फाल्ने गरेकाले स्थानीयवासीले पनि घरघरमा सङ्कलन गरेको फोहर मनोमानी ढङ्गले
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

    प्रकाशित मितिः १७ आश्विन २०७५, बुधबार १०:२७
सुर्खेत । रत्न राजमार्गको ठूलो ब्यूरेनीमा गुडी रहेको बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । सुब्बाकुना–छिन्चु सडक खण्डको ठूलो ब्यूरेनीमा नेपालगञ्जतर्फ जाँदै गरेको बसको ढोकाबाट खसेर भेरीगंगा नगरपालिका–१२ का ५० वर्षिय पदम बस्नेतको मृत्यु भएको हो । ना ४ ख ७०२४ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको लु १ ख ४६०२ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बसको ढोकामा झुण्डीएर सवार गरिरहेका बस्नेतको मृत्यु भएको
२१ तोला सुनसहित नेपालगञ्जका सुन व्यवसायी सुर्खेतमा पक्राउ

२१ तोला सुनसहित नेपालगञ्जका सुन व्यवसायी सुर्खेतमा पक्राउ

    प्रकाशित मितिः ६ आश्विन २०७५, शनिबार १४:२५
पश्चिमनेपाल डेस्क सुर्खेत । सुनसहित नेपालगञ्जका एक सुन व्यापारी सुर्खेतमा पक्राउ परेका छन् । ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष ब्यूरोका प्रहरी टोलीले असोज ६ गते सुब्बाकुनाबाट पक्राउ गरिएको सुर्खेत प्रहरीले बताएको हो । नेपालगञ्ज उपमहा नगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह
बोलेरो जीप भिरबाट खसाएर चालक बेपत्ता

बोलेरो जीप भिरबाट खसाएर चालक बेपत्ता

    प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार १७:५४
सुर्खेत । सुर्खेतमा बोलेरो जीप भिरबाट खसाएर चालक वेपत्ता भएका छन् । रत्न राजमार्गको धुलियाविट–छिन्चु सडक खण्डको ठुलो ब्युरेनी मोडबाट लु १ ज ३८२७ नम्बरको बोलेरो जीप भिरबाट खसाएर चालक वेपत्ता भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको बोलेर जीप ठूलाे ब्युरेनीको मोडमा झण्डै दश मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।
जडीबुटी चोरी निकासी

जडीबुटी चोरी निकासी

    प्रकाशित मितिः ४ आश्विन २०७५, बिहीबार १६:३२
जाजरकोट । बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा जडीबुटीको चोरी निकासी बढेको छ । निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो । जुम्ला सिमानामा रहेको सो वनबाट दैनिक जडीबुटी चोरी निकासी भइरहेको बारेकोट गाउँपालिका–५ का खड्कविक्रम शाहीले बताए । जुम्लाका व्यापारीको मिलेमतोमा चोरी निकासी बढेको उनको भनाइ छ । जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी भइरहेको छ । चोरी निकासी हुँदा र
घरेलु मदिरामा सुर्खेत प्रहरीको निगरानी

घरेलु मदिरामा सुर्खेत प्रहरीको निगरानी

    प्रकाशित मितिः ३० भाद्र २०७५, शनिबार १७:५९
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध घरेलु मदिरामा निगरानी बढाएको छ । घरेलु मदिराका कारण महिला हिंसा, बालहिंसा, अपराध जस्ता गतिविधिहरु हुन थालेपछि प्रहरीले अवैध मदिरामा निगरानी बढाएको हो । प्रहरीले शनिवार मात्रै वीरेन्द्रनगरको बजार क्षेत्र र विभिन्न स्थानहरुबाट घरेलु मदिरा जफत गरेर नष्ट गरेको छ । तयारी अवास्थाको ३५० लिटर र मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ दुई हजार लिटर बरा
हरियाे सालका रुख काट्ने सुर्खेतमा दुर्इ पक्राउ

हरियाे सालका रुख काट्ने सुर्खेतमा दुर्इ पक्राउ

    प्रकाशित मितिः ३० भाद्र २०७५, शनिबार १७:३८
सुर्खेत । सुर्खेतमा हरिया सालका रुख काट्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको छ । वीरेन्द्रनगरको बाँगेशीमल नजिकै जंगलमा हरियो सालको रुख काट्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँगेशीमलका क्षितिज विक र हर्क विक रहेको सुर्खेत डिभिजन वन कार्यालय डिभिजन वन अधिकृत हेमराज विष्टले जानकारी दिए । ‘केही समय अघि देखी सालका रुख काट्दै गरेको जानकारी आएप
सुर्खेत बसपार्कमा यात्रुलाई तानातान गर्ने सात जना पक्राउ

सुर्खेत बसपार्कमा यात्रुलाई तानातान गर्ने सात जना पक्राउ

    प्रकाशित मितिः २७ भाद्र २०७५, बुधबार २०:५३
सुर्खेत । सुर्खेतमा यात्रुहरुलाई तानातान गर्ने सात जना यातायात व्यवसायीका कर्मचारीहरु प्रक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मंगलबार र बुधबार सुर्खेतस्थित बसपार्कमा यात्रुलाई तानातान गर्दा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का सन्दिप परियार, वीरेन्द्रनगर-९ नकेन्द्र खत्री र चक्र बहादुर शाही, गुर्भाकोट-६ का महेश सोमारेमगर, खाँडचक्र नगरपालिका-१