अनियमित विद्युतले सुर्खेतीलाई सास्ती
प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १०:०७
७ महिना देखी एउटै तालिका, कतिखेर बत्ती आउँछ जान्छ थाहा छैन
सुर्खेत । सरकारले घोषणा गरेको ठुला शहरमा विद्युत भार कटौति नगर्ने योजना सुर्खेतको हकमा भने हावादारी गफमा सीमित भएको छ । प्रदेश नंम्बर ६ को सम्भावित राजधानी एवं साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर नेपालका ठुला शहर मध्य एकमा गनिन्छ ।
आधिकारिक तथ्यांक नभएता पनि सुर्खेत उपत्यकामा करिब १ लाख ५० हजार जनसंख्या बसोबास ग