☰ open Loading... 15 September 2025|  

देश

निःशुल्क औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रीको निर्देशन

निःशुल्क औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रीको निर्देशन

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १९:०५
निःशुल्क रुपमा वितरण हुने औषधीको अभाव हुन नदिन स्वास्थ्य मन्त्री गगन थापाले मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । मन्त्री थापाको निर्देशन पश्चात स्वास्थ्य सेवा विभाग, पुनर्जागरण महाशाखाले देशभरका स्वास्थ्य संस्थाहरुलाई पत्र पठाई निःशुल्क वितरण हुने औषधी अभाव हुन नदिन र अभाव भए तत्काल खरिद गर्न निर्देशन दिएको छ । ‘स्वास्थ्य चौकीहरुमा औषधी अभाव भए सम्बन्धित कार्यालयका साथै शाखा, लेखा र स्टोरक
सुर्खेतमा पसलैपिच्छे फरक मूल्य, हुम्लामा महँगी बढ्यो

सुर्खेतमा पसलैपिच्छे फरक मूल्य, हुम्लामा महँगी बढ्यो

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:०८
सुर्खेत वीरेन्द्रनगरका व्यवसायीले म्याद सकिएका कोकाकोला, फेन्टा, स्प्राइट, प्रmुटीलगायतका पेय पदार्थ बिक्री गरेको छन्। खुद्रा व्यापारीले मात्र नभई डिलरबाट नै म्याद सकिएका सामान बजारमा पठाउँदा अधिकांश पसलमा त्यस्ता पेय पदार्थ बिक्री हुने गरेको हो । नाम मात्रको बजार अनुगमन हुँदा व्यवसायीले म्याद सकिएका पेय पदार्थ, दैनिक उपभोग्य वस्तुको पसलपिच्छे मूल्य फरक लिने गरेको पाइएको हो । बजार अनुगमन समितिले
व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १६:४९
असोज १ गतेबाट अस्पताल विस्तारित सेवा शुरु हुँदै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सुविधालाई थप प्रभावकारी बनाउन नयाँ सेवा सञ्चालन हुने भएको छ । आगामी असोज १ गतेबाट सेवाग्राहीको चाप बढेपछि अस्पताल विस्तारित सेवाहरु सञ्चालन गर्न लागेको हो । अस्पताल समयभन्दा पछिको समयमा पनि सेवा दिने उदेश्यले अस्पताल विस्तारित सेवा (इएचएस) शुरु गर्न लागेको क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेण्
सुजुकीको स्वरुम सुर्खेतमा स्थापना

सुजुकीको स्वरुम सुर्खेतमा स्थापना

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १९:१६
मारुती सुजुकी विक्री गर्दै आइरहेको सीजी माटोकर्पले यस क्षेत्रका ग्राहकहरुको मागलाई मध्यनजर गर्दै स्वरुम सञ्चालनमा ल्याएको छ । स्वरुम सञ्चालनसँगै केही महिना भित्रै शाखाले वीरेन्द्रनगरमै सर्भिस सेन्टर समेत सञ्चालन ल्याउने तयारीमा जुटेको छ । सुजुकीको देशभरका ३४ जिल्लामा शाखा र ४१ वटा सर्भिस सेन्टर रहेको सीजी मोटोकर्पका पश्चिमाञ्चल डिलर ईन्चार्ज प्रशान्त पौडेलले जानकारी दिए । उनले सुर्खेतसहित दैले
दाहालको दिल्ली भ्रमण खर्च मात्रै २२ करोड

दाहालको दिल्ली भ्रमण खर्च मात्रै २२ करोड

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १५:४२
बिहीवार देखि ३ दिनसम्म हुने प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणको जम्बो टोलीले भ्रमणवापत २२ करोड रुपैयाँ सक्ने भएको छ । सुशासन र पारदर्शिताको कुरा गरे पनि प्रधानमन्त्री दाहालले सरकारी खर्चमा भ्रमण गर्नेको संख्या उल्लेख्य बढाएपछि भ्रमण खर्च बढ्ने देखिएको हो । यसअघि कहिल्यै नभएको संख्या १ सय १६ जना दाहालको भ्रमण टोलीमा छन् । दाहालको भ्रमणमा ५० जना सरकारी, ३३ जना उद्योगी ब्यवसायी र ३३ जना पत
भयावह रुप लिँदै आत्महत्या

भयावह रुप लिँदै आत्महत्या

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:२०
गत वर्षको बैशाख दोस्रो साता वीरेन्द्रनगरको कुइनेपानीमा एक महिलाले आत्महत्याको प्रयास गरिन् । नजिकै रहेको प्रहरीले समयमै थाहा पायो र, उनलाई आत्महत्या गर्नबाट बचायो । ती महािललाई प्रहरीले सोधपुछ गर्दा थाहा भयो, उनी दिर्घ रोगी थिइन् । परिवारले आफ्नो कारणले दुःख नपाउन भनेर आत्महत्याको निर्णयमा पुगेको बताईन् । यो त एउटा उदाहरण मात्रै हो । पछिल्ला केही वर्ष सुर्खेतमा आफूले आफैलाई मृत्युको मुखमा पु¥य
दाइजो प्रथा अन्त्यको कामना गर्दै मनाइयो बकर इद

दाइजो प्रथा अन्त्यको कामना गर्दै मनाइयो बकर इद

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:०७
बाँकेका इस्लाम धर्मावलम्बीहरुले दाईजो प्रथा अन्त्य र देशमा शान्तिको कामना गर्दै बकर इद मनाएका छन् । नेपालगञ्जको वीपीचोकमा रहेको मस्जिदमा सामुहिक नमज पढ्ने क्रममा दाईजो प्रथा अन्त्य र अमनचयनको कामनासहित विशेष प्रवधन ‘तरकारी’ गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । ‘यो पर्वको अवसरमा छोरीहरुलाई अनिवार्य पढाउने व्यवस्था होस् र छोराछोरीको बिहेमा दाइजो प्रथा अन्त्य होस् भनेर कामना गर्र्यौ
सुपथ मूल्यका पसल सञ्चालन गर्न माग

सुपथ मूल्यका पसल सञ्चालन गर्न माग

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:४६
जिल्लाभरी सुपथ मूल्यमा पसल सञ्चालन गर्न राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले माग गरेको छ । मञ्चको मंगलबार वीरेन्द्रनगरमा बसेको बैठकले नजकिँदै गरेका चाडवाडलाई लक्षित गरी सर्वसाधारणका लागि सहुलियत मूल्य पसल सञ्चालन गर्न साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग माग गरेको हो । मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकको अध्यक्षतामा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग असोज १ गतेदेखि एकीकृत सहुल
५० जनाको क्षमता भएको कारागारमा १ सय ८३ कैदी

५० जनाको क्षमता भएको कारागारमा १ सय ८३ कैदी

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:१९
कारगारको क्षमताभन्दा चारगुणा बढी कैदीहरु राख्दा आफूहरुलाई कारागारमा बस्न गाह्रो भएको घोराही कारागारका कैदीहरुले बताएका छन् । ५० जना कैदी बस्ने क्षमता रहेको दाङ जिल्ला कारागारमा हाल १ सय ८३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागारका निमित्त जेलर निमानन्द रिजालले बताएका छन् । क्षमताभन्दा बढी कैदीहुँदा उनीहरु विच झगडा समेत हुने गरेको निमित्त जेलर रिजालले बताए । बस्ने कोठाहरुमा बस्न समस्या भएपनि शौचालय
रिक्सामा ५० हजार रकम भेटाउँदा…

रिक्सामा ५० हजार रकम भेटाउँदा…

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १५:०८
एक अटोरिक्सा चालकले आफूले भेटाएको ५० हजार रुपैया प्रहरीलाई बुझाएका छन् । दाङ गढवा–२ गढवाचोक निवासी २२ वर्षीय महेश चौधरीले आफूले चलाउदै आएको रा १ च १०५० नम्बरको अटोरिक्सामा मंगलबार रिक्सा सफा गर्ने सो रकम भेटाएका थिए । चौधरीले रिक्साको सिट मुनी ५०० का १०० थान अर्थात ५० हजार रुपैया फेला पारेको जानकारी दिए । चौधरीले आफुले भेटाएको रकम ईलाका प्रहरी कार्यालय गढवामा बुझाएको जिल्ला प्रहरी कार्यालय दा