☰ open Loading... 18 May 2024|  

देश

अपडेट : प्रदेश ६ मा कुन दलले कहाँ जिते ?

अपडेट : प्रदेश ६ मा कुन दलले कहाँ जिते ?

    प्रकाशित मितिः २२ मंसिर २०७४, शुक्रबार १६:३१
पश्चिम नेपाल डटकम मुगु सम्वाददाता नन्द बहादुर रोकायाका अनुसार एक क्षेत्र रहेको मुगु जिल्लाकाे प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका गोपाल बहादुर बम बिजयी भएका छन । बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरी पराजित भएका छन् । मुगुमा ३० हजार १५ मतदाता भएपनी २३ हजार ७ सय १२ मत खसेको थियो ।
सुर्खेतमा मतदान शान्तिपूर्ण, ७० प्रतिशत मत खस्याे

सुर्खेतमा मतदान शान्तिपूर्ण, ७० प्रतिशत मत खस्याे

    प्रकाशित मितिः २१ मंसिर २०७४, बिहीबार २०:४६
सुर्खेत । दोस्रो चरण अन्तरगत भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुर्खेतमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका २६३ मतदानस्थलमा करिव ७० प्रतिशत मत खसेको छ । कुल २ लाख ४ हजार ५७७ मतदाता रहेको सुर्खेतमा ८० प्रतिशत मत खस्ने आँकलन गरिएपनि कम भोट खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रत्न गिरीले जानकारी दिए । उनका अनुसार समग्रमा जिल्ला शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान
सुर्खेतको रानीवासमा बम भेटियो, सेनाको टोली घटनास्थलमा

सुर्खेतको रानीवासमा बम भेटियो, सेनाको टोली घटनास्थलमा

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १८:४८
सुर्खेत । वीरेन्द्रनगरदेखी उत्तरपूर्वमा पर्ने चिङ्गाड गाउँपालिका–२ रानीवासस्थित नाङ्गीडाँडामा बम भेटीएको छ । रानीवासकाे जनता मावि र रजेनाकाे पाखापानी मतदान केन्द्रदेखी तीन किलोमिटरको दुरीमा तीन स्थानमा तार तानीएकाे अवस्थामा प्रेसर कुकुरमा वम फिट गरिएकाे अवस्थामा भेटिएको ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजकुमार खिउँजुले जानकारी दिए । वम भेटिएको स्थानमा नेपाली सेनाको टोली पुगिसकेक
याे हाे मतदान अधिकृतदेखी कार्यालय सहयाेगीसम्म खटिएका मतदान केन्द्र

याे हाे मतदान अधिकृतदेखी कार्यालय सहयाेगीसम्म खटिएका मतदान केन्द्र

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १७:५४
सुर्खेत । भोली सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुर्खेतको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित जनमाविमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत का
यस्ताे छ अाउने तीन दिनकाे माैसमी पुर्वानुमान

यस्ताे छ अाउने तीन दिनकाे माैसमी पुर्वानुमान

    प्रकाशित मितिः १९ मंसिर २०७४, मंगलवार १८:५६
सुर्खेत । दक्षिणपूर्वी अरव सागरमा अवस्थित धेरै शक्तिशालि सामुन्द्रिक चक्रवात “OCKHI” (Very Severe Cyclonic StormOCKHI) हाल शक्तिशालि सामुन्द्रिक चक्रवात (Severe Cyclonic Storm) मा परिणत भइसकेको छ। यसको प्रभावले देशका हिमालि भूभागमा हिमपातको संभावना देखिएको छ जसको प्रत्यक्ष असर हिमालि पर्वतारोहिमा पर्न सक्ने देखिएकोले यस चक्रवात रहँदा सम्म विशेष सावधानि अपनाउनु पर्ने देखिन्छ। भू-उपग्रहवाट प्राप्त त
निर्वाचनमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन

निर्वाचनमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन

    प्रकाशित मितिः १९ मंसिर २०७४, मंगलवार १५:४५
दाङ । सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आउनुभई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन । निर्वाचन बिथोल्ने आपराधिक गतिबिधि जारी रहँदा सुरक्षा निकायका प्रमु
सहायक मतदान अधिकृतको मृत्यु

सहायक मतदान अधिकृतको मृत्यु

    प्रकाशित मितिः १९ मंसिर २०७४, मंगलवार १५:४०
धनगढी । कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ । बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए । मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस हुनुभएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याउने क्रममा बाटामै सोमबार
दाङलाई प्रदेश राजधानी बनाउनमा उम्मेदवारहरू एक मत

दाङलाई प्रदेश राजधानी बनाउनमा उम्मेदवारहरू एक मत

    प्रकाशित मितिः १८ मंसिर २०७४, सोमबार १२:५४
दाङ । दाङ क्षेत्र नं २ का उम्मेदवारले प्रादेशिक राजधानी दाङलाई बनाउन र यसको समृद्धका लागि एकमत रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाली काँग्रेसका प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार राजु खनालले नेपाली काँग्रेस प्रादेशिक राजधानीका लागि प्रतिबद्ध रहेको बताए । उनले त्यसका लागि आफू सांसद रहँदादेखि नै भौतिक
साँझ परेपछि घरमा ढुक्कले बस्न पाउँदैनन् महिला

साँझ परेपछि घरमा ढुक्कले बस्न पाउँदैनन् महिला

    प्रकाशित मितिः १८ मंसिर २०७४, सोमबार १२:४७
  बैतडी । बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताएकी हुन् । आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश

झुलाघाटबाट २४ जनाको उद्धार

    प्रकाशित मितिः १६ मंसिर २०७४, शनिबार १६:२१
बैतडी । प्रहरीले नेपाल– भारत सीमानाका झुलाघाटबाट चालु आव २०७४÷७५ को हालसम्ममा २४ जनाको उद्धार गरेको छ । सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयका अनुसार उद्धार गरिनेमा १५ वर्षमुनिका बालबालिका र किशोरकिशोरी छन् । गत साउनमा तीन बालबालिका, भदौमा एक किशोर र सात बालबालिका, असोजमा ६ किशोरकिशोरी र दुई बालक, कात्तिकमा एक किशोर र तीन बालबालिका तथा मंसिरमा एक किशोरीको उद्धार गरि