पुनः परीक्षाले करोड व्ययभार
प्रकाशित मितिः ९ बैशाख २०७६, सोमबार १२:१४
काठमाडौं । परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो पटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ। परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो।
पहिलो चरणमा एसईई चैत १० गते सुरु भएको थियो। तर ३ विषयको परीक्षा सकिएपछि प्रदेश २ मा लगातार ३ विषयको प्रश्