☰ open Loading... 3 May 2024|  

गतिविधि

भुकम्प पीडितहरुलाई दुल्लु नगरपालिकाले ५ लाख दिने

भुकम्प पीडितहरुलाई दुल्लु नगरपालिकाले ५ लाख दिने

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १३:२१
दुल्लु नगरपालिका दैलेखले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पिडितहरुलाई ५ लाख दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले तत्काल राहत सामाग्रीका लागि ५ लाख रकम दिने निर्णय गरेको हो । जाजरकोटमा २ लाख ५० हजार र रुकुमपश्चिममा २ लाख ५० हजार रकम दिने निर्णय भएको नगर प्रमुख भरत रिजालले बताए । पालिकाबाट भुकम्पको पीडामा परेका नागरिकहरुलाई सानो सहयोग मार्फत मलम लगाउन खोजेको रिजालले बताए ।
न पति रहे, न गर्भे शिशु

न पति रहे, न गर्भे शिशु

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १३:०७
बोल्न खोज्छिन्, बोली फुट्दैन। घरी उठ्छिन्, घरी ओछ्यानमा पल्टिन्छिन्। चार दिनदेखि मुखमा राम्ररी अन्न छिरेको छैन। जाजरकोट, नलगाड–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले अहिले भेरी अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छन्। भूकम्पमा परेर उनका पति नवीन बुढा बिते। पेटमा हुर्कंदै गरेको ८ महिने शिशु (छोरा)लाई पनि भूकम्पले लग्यो। शुक्रबार आएको विनाशकारी भूकम्पले उनको खुसीलाई छिनभरमै चुडायो। भेरी अस्पतालको प
जाजरकोटमा भुकप्पबाट ६७ हजार बढी जनसंख्या विस्थापित

जाजरकोटमा भुकप्पबाट ६७ हजार बढी जनसंख्या विस्थापित

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार ११:३५
जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार १ सय ८६ घरधुरीका ६७ हजार १ सय ७४ जनसंख्या विस्थापित बनेका छन् । प्रशासनका अनुसार ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ
भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै राष्ट्रपति

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै राष्ट्रपति

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:०८
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन्। पौडेलले भेरी नगरपालिकामा भूकम्पले भत्केका घरहरूको निरीक्षण गर्नुका साथै स्थानीयहरूसँग छलफल गरेका छन्। सो क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राहत वितरण प्रक्रियाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रतर्फ आउँदै

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रतर्फ आउँदै

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार ०८:३५
राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रतर्फ अवलोकनका लागि जाँदैछन्। युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जान लागेका हुन्। उनको जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा बिहान १०ः १५ बजे काठमाडौबाट भूकम्प प्रभावित क्षेत्रका लाग

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    प्रकाशित मितिः २० कार्तिक २०८०, सोमबार १२:५९
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ। जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताएको छ। त्यस्तै माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र
आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने

आज देशको पहाडी भू–भागमा आंशिक बदली रहने

    प्रकाशित मितिः २० कार्तिक २०८०, सोमबार ०७:४९
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको भन्दै महाशाखाले बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको हो। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू
सँगै सुतेका ३ दिदीबहिनी बिते, भाग्यले बाँचिन् ईशा

सँगै सुतेका ३ दिदीबहिनी बिते, भाग्यले बाँचिन् ईशा

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १९:२४
दसैँ मनाउन जाजरकोट पुगेकी बाँके, बानियाभार निवासी २२ वर्षिया ईशा शाहले भूकम्पमा परिएला भन्ने कल्पना नै गरेकी थिइनन्। काठमाडौँमा स्नातक अध्ययन गर्ने उनी जाजरकोट गएर मामा, ठुलीआमा र सानी आमाका घरमा चाडपर्वको रमझममा थिइन्। विनाशकारी भूकम्प आएर सानी आमाको घर भत्किँदा उनी भाग्यले बाँचिन्। तर, सँगै सुतेका ३ जना दिदी बहिनीलाई आफ्नै आँखा अगाडी गुमाउनु पर्दाको पीडा अहिले पनि उनले भुल्न सकेकी छैनन्। ईसा
जाजरकोटमा बन्न थाल्यो अस्थाइ आवास

जाजरकोटमा बन्न थाल्यो अस्थाइ आवास

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १२:५३
भुकप्पले थला परेको जाजरकोटमा धमाधम अस्थाइ आवास बन्न थालेका छन् । सुरक्षाकर्मीको सहयोगमा जाजरकोट खंलगामा अस्थाइ आवास बनाउन थालिएको हो । विभिन्न निकायको सहयोगमा आएको टेन्टहरु सुरक्षाकर्मीहरुले अस्थाइ आवासका लागि निर्माण गर्न लागेका हुन् । अहिले जाजरकोट खंलगा थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वटा अस्थाइ आवास बनाएको छ । १ वटा आवासमा १६ जना सुत्न मिल्नेछ । सुरक्षाकर्मीले रुकुम पश्चिम
जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

    प्रकाशित मितिः १९ कार्तिक २०८०, आईतवार १२:१३
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा