बुराँसेका किसान किबी खेतीमा आकर्षित
प्रकाशित मितिः २७ कार्तिक २०७६, बुधबार १९:३७
सल्यान : छत्रेश्वरी गाउँपालिका–२ बुराँसेका तेजबहादुर योगी मकै, आलुलगायतका खाद्यन्न बाली लगाउँथे। परम्परागत खेतीमा मेहनत धेरै भए पनि आम्दानी कम हुने भएपछि उनी विकल्पको खोजीमा लागे। यसै क्रममा उनले किबी खेती परीक्षणका रुपमा सुरु गरे। किबी रोपेको केही वर्षमै राम्रै आम्दानी हुन थालेपछि उनले अहिले ३५ रोपनी क्षेत्रफलमा झन्डै ७०० विरुवा किबी लगाएका छन्। उनी मात्रै होइन, बुराँसेका २२ जनाले अहिले व्यावसाय