तीन दिनभित्र क्रसर उद्योगको कागजात बुझाउन निर्देशन
प्रकाशित मितिः २६ कार्तिक २०७७, बुधबार १७:५५
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले उक्त अनुरोध गरेको हो ।
मंगलबार मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थि







