☰ open Loading... 20 April 2024|  

गन्तव्य

रारामा पाँच महिनाभित्र ६  हजार बढी पर्यटकले घुमे

रारामा पाँच महिनाभित्र ६ हजार बढी पर्यटकले घुमे

    प्रकाशित मितिः १३ पुष २०८०, शुक्रबार १२:५७
कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा साउनयता पाँच महिनाको अवधिमै ६ हजार २ सय पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ देखि मंसिर मसान्तसम्म आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ जना र अन्य बिदेशी ९९ सय जना गरी ५ महिनामा ६ हजार २ सय पर्यटकले रारा भ्रमण गरेका छन् । रारा राष्टिय निकुञ्ज कार्यालयका सुचना अधिकारी जयहरि धितालले ५ महिना
नेपाल एयरलाइन्सको एक वर्षको आम्दानी २२ अर्ब २४ करोड

नेपाल एयरलाइन्सको एक वर्षको आम्दानी २२ अर्ब २४ करोड

    प्रकाशित मितिः ४ पुष २०८०, बुधबार ०९:५०
नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो । कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ । कोभिड–१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७/७८ मा ९ अर
जिप दुर्घटना हुँदा १३ जना घाइते

जिप दुर्घटना हुँदा १३ जना घाइते

    प्रकाशित मितिः ३ पुष २०८०, मंगलवार १५:३७
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो। हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले
सकियो विक्रमचौर मेला

सकियो विक्रमचौर मेला

    प्रकाशित मितिः २ पुष २०८०, सोमबार १८:३१
दैलेखको नारायण नगरपालिका -११ र भगवतीमाइ गाउँपालिकाको सिमानामा पर्ने बिक्रमचौर मेला सकिएको छ । हरेक वर्षको कृष्ण पञ्चमीमा मेला लाग्ने गर्दछ। यो वर्ष पनि धुमधामका साथ मेला भर्न टाढा टाढाबाट सहभागी भएका थिए । मेला ७० वर्ष अघिदेखि टाढा टाढा भएका आफन्त भेट्ने थलोको रुपमा रहेको स्थानीय लाल बहादुर बस्नेतले बताए । भगवतीमाइ गाउपालिका - १ का वडा सदस्य बखत बहादुर बस्नेतले आफू स्थानीय सरकारमा रहदास
वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

    प्रकाशित मितिः २२ मंसिर २०८०, शुक्रबार ११:५९
ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए । पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । हिउँ पर्न सुरु भएसँ
जमेका तालमा रमेका पर्यटक

जमेका तालमा रमेका पर्यटक

    प्रकाशित मितिः २१ मंसिर २०८०, बिहीबार ०९:४२
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ। समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ। पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङ
प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि…

प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि…

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार १६:१२
मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ । बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उक्त फ्लाइटमा रहेका थिए । बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बु
लयमा फर्कियो पर्वतीय पर्यटन

लयमा फर्कियो पर्वतीय पर्यटन

    प्रकाशित मितिः १४ मंसिर २०८०, बिहीबार १७:२३
कोरोना महामारीसँगै विथोलिएको पर्वतीय पर्यटन लयमा फर्किन सुरु गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको आगमन कोभिड–१९ अगाडिकै अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले २०१८ मा निकालेको तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा ८.५ प्रतिशतसम्म योगदान थियो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालका पर्यटन उद्योगले ३ लाख ७१ हजार जनाभन्दा बढीलाई रोजगारी सिर्जना गरेको
बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार २१:१३
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको सङ्ख्या पनि बढेको छ। मानुङकोटमा दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन्। कोभिड सङ्क्रमणका बेला मानुङकोटमा एकै दिन १० हजारभन्दा बढीसम्म पर्यटक पुगेका थिए। व्यास नगरपालिका-३ निवासी भिमकुमारी थापाले यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउने बताए। गर्मी मौसममा कुहिरो नलाग्ने भएकाल
पर्यटकको रोजाइमा रुप्से झरना

पर्यटकको रोजाइमा रुप्से झरना

    प्रकाशित मितिः १ मंसिर २०८०, शुक्रबार २०:३९
साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो । बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुस्ताङ हिँडेकी बेनीकी कमलकुमारी पुर्जालाई पनि लोभ्यायो । ‘अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्वीर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,’ उनले भनिन्, ‘तह