महाकाली यातायातका पदाधिकारी प्रहरी नियन्त्रणमा
प्रकाशित मितिः १ कार्तिक २०७३, सोमबार ११:२७
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेलल