देशले भुलेको पाटो, रारा हुँदै शे-फोक्सुन्डोको बाटो
प्रकाशित मितिः २० बैशाख २०७९, मंगलवार २०:३८
मैले अन्तिम पटक उनीलाई हेरें । हेरिरहें…। अनि हेरेको हेर्यै भएँ । माथि पहाडबाट हाम फालौं फालौं लागिरहृयो । मनले भने अघि नै हाम फालिसकेको थियो । म यतिबेला स्वर्गकी अप्सरा ‘रारा ताल’ नियाल्दै थिएँ । मलाई पुग्नु थियो राराकी मितिनी शे-फोक्सुन्डोसम्म । राराको खबर मनभरी बोकेर लुखुरलुखुर पूर्वतिर लागें । खिसिक्क हाँसेको सेतो हिमाल, पत्थर उमि्रने नाङ्गा









