☰ open Loading... 26 April 2024|  

Author: Paschim Nepal

सब–इन्जिनियरविरुद्ध मुद्दा

सब–इन्जिनियरविरुद्ध मुद्दा

    प्रकाशित मितिः ३० भाद्र २०७९, बिहीबार ०५:४८
काठमाडौंः नक्कली प्रमाण–पत्र पेश गरेर सरकारी जागिर खाएको अभियोगमा सब–इन्जिनियरविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको दार्मा गाउँपालिकामा कार्यरत सब–इन्जिनियर विष्णु रोकायविरुद्ध मुद्दा दायर गरेको हो।   १६ पुस ०७४ देखि ८ जेठ ०७६ सम्म करारमा नियुक्त भएका उनले नियुक्तिका लागि पेश गरेको ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’को शैक्षिक प्रमाण–पत्र झुटो भ
एकै दिन थपिए १ हजार २३० डेंगु संक्रमित

एकै दिन थपिए १ हजार २३० डेंगु संक्रमित

    प्रकाशित मितिः ३० भाद्र २०७९, बिहीबार ०५:४७
काठमाडौंः नेपालमा बुधबार १ हजार २३० डेंगुका बिरामी थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   सबैभन्दा बढी डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको देखिएको छ । बुधबारसम्म बागमतीमा आठ हजार ३९० जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४७ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु देखिएको छ ।  
निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

    प्रकाशित मितिः ३० भाद्र २०७९, बिहीबार ०५:४६
काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।   १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हो । प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास
थप ११९ जनामा कोरोना संक्रमण

थप ११९ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ३० भाद्र २०७९, बिहीबार ०५:४४
काठमाडौंः पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ८४ जनाको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १९१ पुगे
चट्याङ लागेर ५ जना घाइते

चट्याङ लागेर ५ जना घाइते

    प्रकाशित मितिः २९ भाद्र २०७९, बुधबार ०५:२३
दैलेख — दैलेखको दुल्लु नगरपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । नगरपालिका-४ पानदेउकामा खेत गोड्ने क्रममा चट्याङ लागेर पाँच जना घाइते भएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन्।उनीहरूको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।
किशोरीमाथि सामूहिक बलात्कार, आरोपित पक्राउ

किशोरीमाथि सामूहिक बलात्कार, आरोपित पक्राउ

    प्रकाशित मितिः २९ भाद्र २०७९, बुधबार ०५:२०
मुगु — जिल्लामा एक १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । छायानाथरारा नगरपालिका १३ लुमगाउँ नजिकै गमगढी वाम सडकखण्डमा भदौ २३ राति किशोरी सामूहिक बलात्कारमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   पीडित पक्षको उजुरीका आधारमा बलात्कार आरोप लगाइएका सोही नगरपालिका ४ का श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका ३ रखु स्थायी घर भई हाल छायानाथरारा १४ वाम गाउँमा बस्दै आएका
कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

    प्रकाशित मितिः २९ भाद्र २०७९, बुधबार ०५:१५
मान्म । यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । नौ सय हेक्टर क्षेत्रफलमा किसानले सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय
मतपत्र छपाइको प्रक्रिया शुरु

मतपत्र छपाइको प्रक्रिया शुरु

    प्रकाशित मितिः २९ भाद्र २०७९, बुधबार ०५:१३
काठमाडौंः निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया शुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।   नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ दे
थप २०३ जनामा कोरोना संक्रमण

थप २०३ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २९ भाद्र २०७९, बुधबार ०५:११
काठमाडौंः पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१ हजार ३०० पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   यस्तै, पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२ रहेको मन्त्रालयले जनाएको छ ।
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

    प्रकाशित मितिः २८ भाद्र २०७९, मंगलवार ०५:४२
सुर्खेत, सिरहा र कैलालीमा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट ४३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। सिरहाको सखुवानान्करकट्