
यार्सा पाटनमै घुम्ती विद्यालय
प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १२:३०
बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन गर्न जाने विद्यार्थीहरूका लागि यार्सा पाटनमै घुम्ती शिक्षा प्रदान गरिने भएको छ। यार्सा गुम्बा संकलनको समयमा अधिकांश विद्यार्थी पाटनतिर हुने भएकाले उनीहरूको पढाइ नियमित गर्न डोल्पाको काइके गाउँपालिकाले पाटन क्षेत्रमै घुम्ती विद्यालय सञ्चालन गर्ने भएको हो।
यस वर्ष यार्सा पाटनमा चार घुम्ती विद्यालय सञ्चालन हुने छन्। गत वर्ष परीक्षणका रूपमा सञ्चालन गरिएका घुम्ती