
स्ववियु निर्वाचन गर्न विद्यार्थी सङ्गठन तयार
प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १६:३९
आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताएका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै आफूहरु निर्वाचनका लागि तयार रहेको बता