बैंक नहुँदा राहदानी जारी हुन सकेन
प्रकाशित मितिः ३ मंसिर २०७३, शुक्रबार १०:१७
बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले असार पहिलो साता हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट राहदानी जारी हुन सकेको छैन ।
जिल्लाको पुरचौँडी हाटमा बैंक नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका स