दक्षिण रोल्पामा बालविवाहको दर घट्दै
प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १३:३९
दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखाएको हो । जिल्लाका घर्तीगाउँ, तालावाङ, कोर्चवाङ, गैरीगाउँ, जौलिपोखरी, जेद्वाङ र करेटी गाविसमा गरिएको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो ।
सन् २०१४ मा उल्लेखित गाविसमा बालविवाहको दर ४८ प्रतिशत रहेकोमा सन् २०१६ मा घटेर ४६ प्रतिशतमा झरेको मानव अधिकार सचेतना केन्द









