बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकको संख्या बढ्यो
			      
						
प्रकाशित मितिः ७ कार्तिक २०७३, आईतवार ०९:०९ 
		
		
		
			बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या विगतको तुलनामा बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको निकुञ्जको भनाई छ ।
साउन महिनामा आन्तरिक पर्यटक २ सय ३६ सार्क मुलुकका ९ र अन्य मुलुकका ६५ जना गरी ३ सय ९ जनाले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् ।
यसैगरी, भदौ महिनामा आन्तरिक २ सय ५४,सार्क मुलुकका १२ र अन्य मुलुकका १ सय ४८ गरी ४ सय १४ जना पर्यटक निकुञ्ज 		
		
	








