☰ open Loading... 27 June 2025|  

Author: Paschim Nepal

कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०९:५०
वैदेशिक रोजगारीमा कतार पुगेका जाजरकोटीहरुले जाजरकोट प्रबाशिय सेवा समाज गठन गठन गरेका छन् । जाजरकोटबाट कतार पुगेकाहरु विच एकता गर्न र यहाँ आई पर्ने समस्याहरुको समाधान गर्ने हेतुले समाज गठन गरिएको हो । प्रेम बहादुर रावतको अध्यक्षता नयाँ कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर रावल र जय बहादुर शाही, सचिवमा लक्ष्मण रसाइली तथा सह–सचिवमा होम बहादुर पुन र कोषाध्यक्षमा जेना पुन छन् ।
निर्माण ढिलाईले विश्वविद्यालय भवनको लागत बढ्यो

निर्माण ढिलाईले विश्वविद्यालय भवनको लागत बढ्यो

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:३४
निर्माण ढिलाईले मध्यपश्चिम विश्वद्यिालयको केन्द्रीय प्रशासनिक भवनको निर्माण लागत बढेको छ । २३ करोड लागतमा निर्माण गर्ने हुने भनिएको लागत एक करोड थप बढेको विश्वविद्यालयले जनाएको छ । यही भदौ महिनाबाट नै निर्माण सुरु हुनुपर्ने भवन अव आगामी मंसीर महिनाबाट सुरु हुने भएको विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले जानकारी दिएको खवर सुर्खेत पहिचान दैनिकमा छ । उनले भवनको डिजाईन मोडिफाई गर्नुपर्न
भयावह रुप लिँदै आत्महत्या

भयावह रुप लिँदै आत्महत्या

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:२०
गत वर्षको बैशाख दोस्रो साता वीरेन्द्रनगरको कुइनेपानीमा एक महिलाले आत्महत्याको प्रयास गरिन् । नजिकै रहेको प्रहरीले समयमै थाहा पायो र, उनलाई आत्महत्या गर्नबाट बचायो । ती महािललाई प्रहरीले सोधपुछ गर्दा थाहा भयो, उनी दिर्घ रोगी थिइन् । परिवारले आफ्नो कारणले दुःख नपाउन भनेर आत्महत्याको निर्णयमा पुगेको बताईन् । यो त एउटा उदाहरण मात्रै हो । पछिल्ला केही वर्ष सुर्खेतमा आफूले आफैलाई मृत्युको मुखमा पु¥य
दाइजो प्रथा अन्त्यको कामना गर्दै मनाइयो बकर इद

दाइजो प्रथा अन्त्यको कामना गर्दै मनाइयो बकर इद

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:०७
बाँकेका इस्लाम धर्मावलम्बीहरुले दाईजो प्रथा अन्त्य र देशमा शान्तिको कामना गर्दै बकर इद मनाएका छन् । नेपालगञ्जको वीपीचोकमा रहेको मस्जिदमा सामुहिक नमज पढ्ने क्रममा दाईजो प्रथा अन्त्य र अमनचयनको कामनासहित विशेष प्रवधन ‘तरकारी’ गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । ‘यो पर्वको अवसरमा छोरीहरुलाई अनिवार्य पढाउने व्यवस्था होस् र छोराछोरीको बिहेमा दाइजो प्रथा अन्त्य होस् भनेर कामना गर्र्यौ
भेरीगंगामा दमकल आयो

भेरीगंगामा दमकल आयो

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०६:५३
सुर्खेतको भेरीगंगा नगरपालिकाले आगलागी नियन्त्रण गर्ने दमकल भित्राएको छ । जिल्लाको जेठो नगरपालिका र प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगर नगरपालिकाले हालसम्म दमकल छैन् । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएर पनि वीरेन्द्रनगर दमकलविहिन छ । तर नगरपालिका घोषणा भएको केही वर्षमा नै भेरीगंगा नगरपालिकामा दमकल आएको खवर साझा विसौनी दैनिकमा छ । भारतीय राजदुतावासको सहयोगमा स्थानीय विकास मन्त्रालयल
सुपथ मूल्यका पसल सञ्चालन गर्न माग

सुपथ मूल्यका पसल सञ्चालन गर्न माग

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:४६
जिल्लाभरी सुपथ मूल्यमा पसल सञ्चालन गर्न राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले माग गरेको छ । मञ्चको मंगलबार वीरेन्द्रनगरमा बसेको बैठकले नजकिँदै गरेका चाडवाडलाई लक्षित गरी सर्वसाधारणका लागि सहुलियत मूल्य पसल सञ्चालन गर्न साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग माग गरेको हो । मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकको अध्यक्षतामा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग असोज १ गतेदेखि एकीकृत सहुल
खच्चड हिडेपछि पुल जिर्ण

खच्चड हिडेपछि पुल जिर्ण

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:३७
जिल्ला सदरमुकाम गमगढी र जिल्लाको रुगा गाविससहित अन्य गाविस जाने बाटोको मुख्य पुलमा खच्चड हिडाउन थालेपछि जिर्ण बनेको छ । रुगा, सोरु गाविससहित हुम्ला जिल्ला जाने मुख्य पुलमा दैनिक दुइसय खच्चड भारीसहित हिडाउँदा पुल जिर्ण बन्दै गएको स्थानीयले बताएका छन् । खच्चड हिडेपछि पुल जिर्ण बन्न थालेपछि स्थानियहरु जोखिम उठाएर यात्रा गर्न बाध्य छन् । दैनिक जसो पुलबाट खच्चडहरु आवतजावत गरिरहने भएकाले पुलको स्तर खस्
स्याउ ढुवानी नहुँदा कृषक मर्कामा

स्याउ ढुवानी नहुँदा कृषक मर्कामा

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:२८
स्याउ उत्पादनको हव मानिने मुगुको रुगाका कृषक बजार नपाउँदा समस्यामा परेका छन् । रुगाका वडा नम्बर ६ र ७ मा पर्ने बाम गाउँमा उत्पादन भएका स्याउले बजार नपाउदाँ कृषकहरु चिन्तित बनेका छन् । प्रत्येक घरमा क्विन्टल हिसावमा स्याउ उत्पादन हुने गरेको छ । तर स्याउ ढुवानी गर्ने सहज माध्यम नहुदाँ ढुवानीमा समस्या भएको कृषकहरुले बताएका छन् । स्याउको उत्पादन बढ्दै गएपनि उचित बजार व्यवस्थापन गरिदिन सरोकारवा
५० जनाको क्षमता भएको कारागारमा १ सय ८३ कैदी

५० जनाको क्षमता भएको कारागारमा १ सय ८३ कैदी

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:१९
कारगारको क्षमताभन्दा चारगुणा बढी कैदीहरु राख्दा आफूहरुलाई कारागारमा बस्न गाह्रो भएको घोराही कारागारका कैदीहरुले बताएका छन् । ५० जना कैदी बस्ने क्षमता रहेको दाङ जिल्ला कारागारमा हाल १ सय ८३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागारका निमित्त जेलर निमानन्द रिजालले बताएका छन् । क्षमताभन्दा बढी कैदीहुँदा उनीहरु विच झगडा समेत हुने गरेको निमित्त जेलर रिजालले बताए । बस्ने कोठाहरुमा बस्न समस्या भएपनि शौचालय
दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:१४
विपद्को समयमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको छ । दलित विकास समाज सल्यानद्धारा संचालित पहल कार्यक्रम अन्तरगत समितिलाई ति सामग्री हस्तान्तरण गरिएको हो । पहल कार्यक्रमका जिल्ला संयोजक गोकर्ण देवकोटाले सल्यानका प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्धार समितिका अध्यक्ष दुर्गादत्त पौडेललाई विपद्को समयमा आवश्यक उद्धार सहयोग सामाग्री हस्तान्तरण गरेका हुन