☰ open Loading... 5 May 2024|  

कृषि

तीन करोडको लागतमा बेसार प्रशोधन उद्योग बन्दै

तीन करोडको लागतमा बेसार प्रशोधन उद्योग बन्दै

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १८:४७
सुर्खेत । कुशे मिनरल्स एण्ड हर्बल प्रा.लि.को बेसार प्रशोधन उद्योगको शिल्यन्यास गरिएको छ । भेरीगंगा १३ काँसघारी सुर्खेतमा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले सयुक्त रुपमा भवनको शिल्यन्यास गरेका हुन । भवनको शिल्यन्यास गर्दै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले कृषकको उद्योग भएकाले स्थानी
किसानका घर घरमा पोखरी

किसानका घर घरमा पोखरी

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १८:१९
डोल्पा । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा प्
मुगुमा स्याउ गोडमेलको चटारो

मुगुमा स्याउ गोडमेलको चटारो

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार ०९:५५
मुगु । कार्कीबाडा गाविसस्थित ताल्चाका जसु भामको परिवारलाई स्याउको बोट काँटछाँट र कलमी गर्ने चटारो बढेको छ । उनको स्याउ नर्सरीमा करिब ७ हजार बिरुवा छन् । कममी गर्ने सिजन चलेकाले पूरै परिवारलाई भ्याइनभ्याई छ । सात हजार स्याउको बिरुवाबाट दुई लाखभन्दा बढी कमाइ हुने भामको भनाइ छ । ताल्चा गाउँकै गोर्ख भामको परिवार पनि स्याउ काटछाँट र गोडमेलमा व्यस्त छ । उनीहरू मात्र होइन, स्याउको बोट पलाउने र फूल फुल
राजनीतिभन्दा कृषि प्यारो

राजनीतिभन्दा कृषि प्यारो

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १०:०३
रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आएका छन । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बनेका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्न सफल भएका छन । तत्कालीन य
दाङमा ताेरी उत्पादन बढ्याे

दाङमा ताेरी उत्पादन बढ्याे

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १०:००
दाङमा यसबर्ष तोरी उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार गत बर्षको तुलनामा यसबर्ष दाङमा १.६ प्रतिशत बढि तोरी उत्पादन भएको छ । यसबर्ष दाङमा १९ हजार एक सय मेट्रिक टन तोरी उत्पादन भएको कार्यालयले जनाएको छ भने गतबर्ष १८ हजार ७ सय ८६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । दाङमा १८ हजार ५सय ३१ हेक्टर जमिनमा तोरी खेती हुँदै आएको जिल्ला कृषि बिकास कार्यालय दाङका
अाधुनिक खाेर निर्माण गरेर बाख्रापालन

अाधुनिक खाेर निर्माण गरेर बाख्रापालन

    प्रकाशित मितिः १७ माघ २०७३, सोमबार ०७:४८
जाजरकोट । उच्च मुल्य बस्तु विकास आयोजना सुर्खेतले जाजरकोटको दुर्गम गाउँका किसानलाई व्यवसायिक बाख्रापालनको लागि सहयोग गरेको छ । परम्परागत रुपमा बाख्रापालन गदै आएका जाजरकोटको उत्तर पुर्वमा पर्ने लहँ गाविसका किसानलाई आधुनिक तरिकाले बाख्रापालनमा प्ररित गर्न सहयोग गरिएको आयोजनाले जनाएको छ । आयोजनाको सहयोगमा अहिले लहँ गाविस –२ को थाप्ला र राता, –३ को मानचौर र भात्चिउरा, –४ को भेरीखर्क, खाल्चौर, जोगिन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार ११:०२
कृषियोग्य भूमिको वैज्ञानिक उपयोग र आधुनिक कृषि प्रविधिको अवलम्बन गर्ने गरी डडेल्धुरा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याइएको छ । यो परियोजना १० वर्षसम्म अर्थात् २०८२ सालसम्म लागू हुने जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले बुधबार जिल्लास्तरीय अभिमुखीकरण गोष्ठीको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको छ । परियोजनाअन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र
तरकारी खेतीमा सुर्खेत आत्मनिर्भर

तरकारी खेतीमा सुर्खेत आत्मनिर्भर

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार ०८:१४
 उत्पादन साढे २५ हजार मेट्रिक टन भन्दा बढि  जिल्लामा दैनिक खपत करिव ७० मेट्रिक टन  दैनिक साढे २ मेट्रिक टन निर्यात पछिल्लो समय सुर्खेत जिल्ला तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उत्पादन भएको तरकारी सुर्खेतमा खपत भई करिव बाहिर जिल्लाहरु समेत निर्यात हुन थालेको छ । यहाँ कृषकहरुले उत्पादन गरेको तरकारी करिव दैनिक २ दशमलव २५ मेट्रिक टन बाहिरि जिल्ला निर्यात हुने गरेको जिल्ला
रोल्पामा उत्पादित सुगन्धित तेल युरोप र अमेरिका निर्यात

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप र अमेरिका निर्यात

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १५:३१
रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको

सिचाई नभएपछि पचास परिवार विस्थापित

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार ०९:२३
जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली गाविस वडा नं. ३ स्यालतडी मुद्रेका ५० घरपरिवार सिचाई कुलो भत्किएपछि विस्थापित भएका छन् । विसं २०६२ भदौमा आएको पहिरोले २०५ रोपनी खेत सिचाई गर्ने कुलो भत्किएपछि हालसम्ममा ती परिवार विस्थापित भएको स्थानीय जयदत्त भट्टले जानकारी दिए । सुर्नया नदीबाट तीन किलोमिटर टाढाबाट परम्परागतरुपमा स्थानीयले निर्माण गरेको कुलो भत्किएपछि आफूहरुले विस्थापित हुनुपरेको हो,