लोकगीतकी पर्यायः जसको आवाज झण्डै सात हजार गीतमा गुञ्जिन्छ
प्रकाशित मितिः ५ असार २०७८, शनिबार ०५:१९
२०५१ सालतिरको कुरा हो । लक्ष्मी न्यौपाने पाल्पादेखि घुम्नकै लागि काठमाडौं आएकी थिइन् । घुमघामकै मेलोमा उनलाई एउटा रहर पनि पूरा गर्नु थियो- रेडियो नेपालको ‘चौतारी’ कार्यक्रममा गीत गाउने ।
‘चौतारी’ त्यसबेला लोकगीतसम्बन्धी रेडियो नेपालको लोकपि्रय कार्यक्रम थियो । घुम्न आएको मौकामा लक्ष्मी रेडियो नेपाल पुगिन्, गीत गाइन् । रेडियोमा उनको भेट चर्चित गायक/संगीतकार न