☰ open Loading... 5 May 2024|  

गतिविधि

जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार ११:३८
कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्। टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमवार मृत्यु भएको थियो भने सुस्मिताको आइतवार बेलुकी नै मृत्
अर्थमन्त्री सवार गाडी दुर्घटनामा

अर्थमन्त्री सवार गाडी दुर्घटनामा

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार ०७:३१
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो ४ बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो। तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परी अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी म

रसुवामा ट्रक दुर्घटना: तीन जनाको मृत्यु, पाँच घाइते

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार ०६:४४
आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत–२ नेशिङ खोलामा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो। नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। घाइतेहरुल

जुनिचाँदे गाउँपालिकाका अध्यक्ष केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार २०:४१
जुनिचाँदे गाउँपालिकाका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतले गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले भने, ‘उहाँ सम्बन्धित दुईवटा मुद्दा विचाराधीन थिए। जसमध्ये एउटामा सफाइ र अर्कोमा दोषी ठहर हुनुभएको छ। दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो,’ केसी घुस मागेर भ्रष्टाचार गरेको
सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने

सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १७:४०
सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

पहिरोमा जेसिबी पुरिंदा मृत्यु

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १२:४६
पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिंदा चालकको मृत्यु भएको छ। रामपुर नगरपालिका-१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका-१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनालगत्तै प
सडक मर्मतमा झिनो बजेट

सडक मर्मतमा झिनो बजेट

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १०:३६
सडक डिभिजन कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षमा चाहिएकोभन्दा निकै न्यून बजेट आउँदा सडक मर्मतसम्भार गर्न कठिन भएको छ। सरकारले आवश्यकभन्दा ९० प्रतिशत कम रकम पठाउँदा मर्मतसम्भार गर्न समस्या भएको हो। मर्मत गर्नुपर्ने सडक धेरै छन् तर सरकारले टालटुल गर्ने कार्यलाई समेत नपुग्ने गरी अपर्याप्त बजेट पठाएकाले सडक डिभिजनले थोरै ठाउँमा खाल्डाखुल्डी पुर्नेे तथा टाल्ने काम मात्रै गर्नेछ। तीन सय ४४ किलोमिटर स
कर्णालीका सार्वजनिक यातायातमा ‘संयुक्त कार्यदल’ को अवरोध, सिण्डिकेट कि नियमन?

कर्णालीका सार्वजनिक यातायातमा ‘संयुक्त कार्यदल’ को अवरोध, सिण्डिकेट कि नियमन?

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार ०७:१७
सुर्खेतमा केही वर्षसम्म साम्य भएको यातायात व्यवसायीहरूबीचको विवाद फेरि बल्झिन थालेको छ। केही वर्ष अघिसम्म यातायात प्रालिहरूबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुँदा सार्वजनिक यातायातमा सिण्डिकेट समेत लाग्ने गरेको थियो। कोभिडको बीचमा सबै व्यवसायीहरूको सहमतिमा संयुक्त यातायात व्यवस्थापन कार्यदल बनेपछि विवाद सुल्झिएको थियो। यातायातमा एकद्वार प्रणाली समेत लागु भएको थियो। अहिले केही यातायात प्रालि र व्
इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’

इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार २०:४३
कति बेला आकाशमा विस्फोट हुन्छ, थाहा हुन्न। आकाशमा देखिने आगोका मुस्लोले होस उड्छ। ज्यान जोगाउने कसरी? जसरी हुन्छ चाँडै नेपाल फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ इजरायलमा रहेका दाङका समर्पण आचार्यलाई। ‘कति बेला आकाशमा पड्किने हो केही थाहा हुन्न,’ उनले भने ‘कसरी ज्यान जोगाउने भन्ने त्रासमा बाँचिरहेका छौँ।’ इजरायलको बर्सो भन्ने स्थानमा छन् समर्पण। उनी भएको स्थान भन्दा झण्डै २० किलोमिटर दुरीमा रहेको ‘अल
नयाँ नोट सटही २९ असोजदेखि

नयाँ नोट सटही २९ असोजदेखि

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार १९:०५
नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्