☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

डोजरले च्याप्दा एक जनाको मृत्यु

डोजरले च्याप्दा एक जनाको मृत्यु

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १९:०४
स्वर्गद्वारी ८ सिर्पगैरामा डोजरले च्याप्दा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। स्वर्गद्वारी–होलेरी सडक मर्मतका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको डोaजर दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको हो ।  दुर्घटनामा परी पुरन्धारा १ दाङ निवासी अन्दाजी २२ बर्षीय गोपाल केसीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक केसीलाई सोही स्थानमा सडक मर्मतको काम गर्दै गर्दा डोजरले च्यापेको प्यूठानका प्रहरी प्रमुख डि

भारतमा एक नेपाली मृत भेटिए

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १८:४०
भारतको पिथौरागढ जिल्लाको धारचुलामा शुक्रबार बिहान एक नेपाली मृत फेला परेको छ । मानसरोवर सडक खण्डको निङलपानी नजिक धारी(३ का ४० वर्षीय चन्द्रसिंह कुँवर टाउकोमा चोट लागेको अवस्थामा सडकमा फेला परेको स्थानीयले बताएका छन् । मृतक कुँवरको टाउकोमा गम्भीर चोट लागेकाले नाक र कानबाट रगत बगिरहेको अवस्थामा फेला परेको धारीका स्थानीय नरेन्द्रसिंह कुँवरले जानकारी दिए । उनको शव दिउँसोसम्म धारचुलास्थित स्वास्थ्य क
सल्यान शाखाको अध्यक्षमा शर्मा

सल्यान शाखाको अध्यक्षमा शर्मा

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १८:२०
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेसनले शाखा सल्यानको अध्यक्षतमा प्रतिक ईच्छुक शर्मालाई सर्बसम्बद चयन गरेको हो । यस्तै उपाध्यक्षमा भरत बस्नेत, महिला उपाध्यक्षमा प्रगतीकुमारी गिरी, सचिबमा शंकर केसी, सह–सचिबमा शिबलाल डाँगी, समाबेसी सह–सचिबमा भिमबहादुर परियार र कोषध्यक्षमा योगराज बिश्वकर्मा निर्बिरोध चयन भएका छन् । यस्तै सदस्यहरुमा खुल्ला तर्फ भ
सुर्खेतका सौन्र्दयकर्मीहरु संगठित

सुर्खेतका सौन्र्दयकर्मीहरु संगठित

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १८:०९
सौन्र्दयकर्मीको अध्यक्षमा गुरुङ्ग नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को सदस्य युनियन मध्य राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को नयाँ कार्यसमिति चयन गरिएको छ । सौन्दयकर्मीहरुको एक भेलाले व्युटिसियन शोभा गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय सुर्खेत जिल्ला कमिटी गठन गरेको हो । वीरेन्द्रनगर नगर क्षेत्रभित्र विभिन्न स्थानमा व्यूटि पार्लर सञ्चालन गरिरहेका सौन्दयकर्मीहरुको वृहत भेलाले कमिटीको उपाध
हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण

हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १६:३०
बैतडी । जिल्लाको तल्लो स्वराड मेलौलीस्थित इलाका हुलाक कार्यालय मर्मतसम्भार तथा पुनःनिर्माणको अभावमा जीर्ण भएको छ । पच्चीस वर्ष पुरानो तीन कोठे उक्त कार्यालयको वर्षौसम्म मर्मतसम्भार तथा पुनःनिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमासमेत समस्या भएको छ । विसं २०४८ मा निर्माण गरेको उक्त भवन मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको इलाका हुलाक कार्यालय केशरपुर मेलौलीका निमित्त कार्यालय प्रमुख रामस
दैलेख पर्यटन महोत्सव शुरु

दैलेख पर्यटन महोत्सव शुरु

    प्रकाशित मितिः १२ फाल्गुन २०७३, बिहीबार १९:५०
सस्कृति, नागरिक उड्यान तथा पर्यटन मन्त्री जिवनबहादुर शाहीले दैलेखका सञ्चारकर्मीहरुले थालनी गरेको जिल्लाको इतिहास लेखन कार्य निकै महत्वपूर्ण भएको बताएका छन् । इतिहास लेखन कार्य दैलेखको मात्र नभएर समग्र मध्यपश्चिम क्षेत्रको भएको बताएका हुन । दैलेख जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले दैलेख असाध्यै पुण्य भुमी हो ।

रुखबाट लडेर युवकको मृत्यु

    प्रकाशित मितिः ११ फाल्गुन २०७३, बुधबार १६:१९
बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताए । मंगलबार दिउँसो गाईवस्तुका लागि घर नजिकै रहेको दुदुली खोलाको वनमा डालेघाँस काट्न गएका बेला रुखबाट लडेर उनको मृत्यु भएको बताइएको छ । डालेघाँस काटेर रुखबाट भुइँमा झर्दा रोकायाको मृत्यु भएको हो । रोकायाको मृत्यु भएपछि ६ महिनाकी छोरी र मृतककी पत्नी स
बुधबारको सुर्खेत बन्द फिर्ता

बुधबारको सुर्खेत बन्द फिर्ता

    प्रकाशित मितिः १० फाल्गुन २०७३, मंगलवार २०:१९
देउती नागरिक यातायात प्रा.लि.का कर्मचारी माथि आक्रमण गर्ने दोषीलाई कारवाहीको माग गर्दै  आज (बुधवार) देखि अनिश्चित कालिन सुर्खेत बन्द फिर्ता लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएको किटानी जाहेरी सोमबार मात्रै प्रहरी दर्ता गरेर कारवाही अगाडी बढाउने आश्वासन दिएपछि बन्दका कार्यक्रम फिर्ता लिएको युवा संघ नेपाल सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।   यही फागुन ५
हुलाक सेवा परिमार्जन हुँदै

हुलाक सेवा परिमार्जन हुँदै

    प्रकाशित मितिः १० फाल्गुन २०७३, मंगलवार ११:४३
 दाङ । पछिल्लो समय आधुनिक प्रविधिहरुको विकास भएसँगै हुलाक कार्यालयहरुले दिने सेवामा पनि परिमार्जन गर्दै लगेको पाईन्छ । अहिले पनि हुलाक कार्यालयहरुले चिठीपत्रहरु आयात निर्यात सँगै धनादेश दर्ता तथा भुक्तानी, एकसय वाटसम्मको रेडियो नविकरण, पोष्ट बक्स सेवा, केवल कार्ड इजाजतपत्र, नविकरण तथा रोइलिटी बुझने, पत्रपत्रिका दर्ता, टिकट दर्ता, लगायतका सेवाहरु उपलव्ध गराउदै आईरहेको छ । जिल्ला हुलाक कार्यलय दाङवा
बन्द फिर्ता लिन अपिल

बन्द फिर्ता लिन अपिल

    प्रकाशित मितिः १० फाल्गुन २०७३, मंगलवार ०८:३३
सुर्खेत ।  दोषीलाई कारवाहीको माग गर्दै युवा संघ नेपाल सुर्खेतले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता लिन अपिल गरिएको छ । जिल्लास्थित विभिन्न यातायात व्यवसायी संघले संयुक्त रुपमा पे्रस विज्ञप्ति निकाल्दै बन्द फिर्ता लिन अपिल गरेका हुन । केही समय अघि देउती नागरिक यातायात प्रा.लि.का कर्मचारीलाई कुटपिट गर्ने दोषीलाई कारवाहीको माग गर्दै संघले भोली (बुधबार) देखी सुर्खेत बन्दको घाेषणा गरेकाे छ । मध्य