☰ open Loading... 7 November 2024|  

प्रदेश खबर

मुहान सुक्न नदिन वृक्षारोपण

मुहान सुक्न नदिन वृक्षारोपण

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १७:३६
खानेपानीको मुहानलाई संरक्षण गर्न मंगलबार सल्यानमा वृक्षारोपण गरिएको छ । वर्षायाममाभन्दा खडेरीमा पानीको हाहाकार मच्चिन थालेपछि मुहान संरक्षण गर्न सल्यानको लेखपोखराका स्थानियले खानेपानीको मुहानमा वृक्षारोपण तथा सरसफाई गरेका छन् । लेखपोखरा ४ दियार गाँउका स्थानियको सक्रियतामा सिमल, बुकाईनो, रिठा लगायतका झण्डै एक हजार बिरुवा रोपिएको महेन्द्र्र सामुदायिक वनका अध्यक्ष नारायण वलीले जानकारी दिए ।  उनले
निजामति दिवसमा कर्मचारीका हातमा कुच्चो (फोटो फिचर)

निजामति दिवसमा कर्मचारीका हातमा कुच्चो (फोटो फिचर)

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १३:३४
निजामती सेवा दिवसको पूर्व सन्ध्यामा मंगलबार दैलेखमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । दैलेख सदरमुकामका बजार क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरुले सामुहिक रुपमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेका हुन् । दैलेखका प्रमुख जिल्ला जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पूर्व सन्ध्यामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको र दिवशकै दिन ¥याली त
दुई महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

दुई महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १६:३७
बर्षाले अवरुद्ध भएको नाग्म–गमगढीको सडक खण्डमा सोमबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । लगातार परेको पानीले विगत दुई महिनादेखि यो सडकखण्ड अवरुद्ध भएको थियो । लगातारको बर्षाले सडकका विभिन्न भागमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छायाँनाथ यातायात प्रालि शाखा कार्यालय मुगुले जनाएको छ । असार ४ गतेदेखि नाग्म–गमगढी सडक पूर्ण रुपमा ठप्प रहेको थियो । सडक सुचारु भएपछि यातायातका साधनहरु म
विद्युत महसुल नबुझाउने २ सयबढीको लाइन काटियो

विद्युत महसुल नबुझाउने २ सयबढीको लाइन काटियो

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १३:१४
नेपाल विद्युत प्राधिकरण बैतडीले विद्युतको महसुल बुझाउन बाँकी ग्राहकको विद्युत लाइन काटेको छ । गत जेठदेखि आजको मितिसम्म विद्युत महसुल तिर्न बाँकी २ सय १९ ग्राहकको विद्युत लाइन काटेको नेपाल विद्युत प्राधिकरण शाखा बैतडीले जनाएको छ । उर्जा मन्त्री जनार्दन शर्माको निर्देशनपछि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बैतडीले यो महिनामा मात्र ७२ जना ग्राहकहरुको विद्युत लाइन काटेको छ । ग्राहकहरुले बक्यौता
बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार ०८:५७
बाघले बाख्रा मार्न थालेपछि जिल्लाका पश्चिम क्षेत्रमा पर्ने कुनाथरी र तरंगाका कृषक चिन्तित बन्न थालेका छन् । कुनाथरीको जयपुर, भट्टेघारी र रानीवन तथा तरंगाको भाडेमा बाघले कृषकलाई सताएको हो । तीन महिनामा ५० वटा बाख्रा र चार वटा भैसी बाघको सिकार भएको कुनाथरी–९ जयपुरका जीतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार असारदेखि बाघले बाख्रामाथि आक्रमण गर्नेक्रम बढेको छ । कुनाथरीकै रानीवनमा एक कृषकको खोरबाट
सर्पको टोकाईबाट एकको मृत्यु

सर्पको टोकाईबाट एकको मृत्यु

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १९:३२
सर्पको टोकाईबाट सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बामे गाबिस ८ की ५० वर्षीय गोरी वुढाको सर्पको टोकाईबाट मृत्यू भएको हो । आफ्न्तको घर बाँकेको कोहलपुर वनखेतमा गएको बेला उनलाई घरमा सुतिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोके लगत्तै वुढालाई उपचारको लागि भेरी अञ्चल अस्पतालमा लगिएको थियो । तर उपचारकै क्रममा उनको बिहीबार विहान मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
चितुवा आतंकले घर भित्रै दिसापिसाव

चितुवा आतंकले घर भित्रै दिसापिसाव

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १८:०४
बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा ५ वर्ष यता चितुवाले २१ जनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले भयले घरभित्रै दिसापिसाब गर्ने गरेका हुन् । एकपछि अर्को गर्दै चितुवाले बालबालिका र महिला माथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो । गतवर्ष वैशाख ६ गते आँगनमा खेलिरहेका बेला आफ
एसएमजी  अत्याधुनिक हतियारसहित ५ पक्राउ

एसएमजी अत्याधुनिक हतियारसहित ५ पक्राउ

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १४:४५
जुम्लामा अत्याधुनिक हतियार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति जुम्लाको बुम्रमाडी चौरबाट एकथान चाइनिज पेस्तोल र त्यसको गोली ३ राउण्ड, एकथान आधुनिक एसएमजि र ७ राउण्ड गोलि सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयव उपरिक्षक विष्णुहरी कोइरालाले बताए । जुम्लामा लुटपाटका घटना दिन प्रतिदिन बढ्न थालेपछि एक महिनादेखि प्रहरीले गाउँ गाउँमा गस्ती बढाएको थियो । ‘हतियार सहित प

एकको रहस्यमय मृत्यु अर्का वेहोस

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १७:०३
कोहलपुरस्थित होटल पप लाइफमा बुधवार एकजनाको रहस्यमय मृत्यु भएको छ । अर्काको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । कोहलपुर नगरपालिका ११ निवासी अन्दाजी ३० वर्षका विकास राईको रहस्यमय मृत्युभएको हो । मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका १३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका ११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर १८ का इश्वर थापा मंगलवार राती उक्त होटलमा बास बसेका थिए । उनीहरु होटलको २०३ र २०४
स्थानीय पुनर्संरचनामा रोल्पाका दल विभाजित

स्थानीय पुनर्संरचनामा रोल्पाका दल विभाजित

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १४:३१
स्थानीय तह पुनर्संरचना अन्तरगर्त रोल्पा जिल्लालाई पाँच तहमा बिभाजन गने निर्णय गरिएको छ । राज्य पुनःसरचंन आयोगले रोल्पा जिल्लालाई एक नगरपालिका र ६ गाँउपालिका गरि सात तहमा बिभाजन गर्न प्रस्ताव गरेको थियो । जिल्लाका राजनितिक दलहरुको सहमतिमा एक नगरपालिका र ६ गाँउपालिका घटाएर पाँच स्थानीय तह प्रस्ताब गरिएको छ । रोल्पा जिल्ला प्राबिधिक सहयोग समिति र जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुले सातमा बिबाद