कर्णालीमा कमिशनको चक्करले बढी भुक्तानी
प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १६:१३
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ मा खरिद सम्झौता अनुसार विल विजकको भुक्तानी गर्दा करारको शर्तबमोजिम भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
तर कमिशनको चक्करमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पा र हुम्लाले १९ लाख ९ हजार बढी भुक्तानी दिएको महालेखापरीक्षकको रिपोर्टमा उल्लेख छ । डोल्पाको कार्यालयले धुपीरुखदेखि चौपारीसम्म सिंचाई योजनाको दररेट विश्लेषण गर्दा फर्माको नर्म्स अनुसार प्र