सडक निर्माणमा ढिलाइ हुँदा पर्यटकको चहलपहलमा कमी
प्रकाशित मितिः २७ भाद्र २०७६, शुक्रबार २२:४४
दोलखा । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत लामोसाँघु–चरिकोट सडकको काम समयमा सम्पन्न नहुँदा पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल कम हुँदै गएको छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला दोलखा जोड्ने एक मात्र सडक लामोसाँघु–चरिकोट सडकखण्ड ठेकेदारले समयमा काम नगर्दा पर्यटकको सङ्ख्यामा कमी आएको हो । राजधानी काठमाडौंबाट नजिकै १३१ किलोमिटरको दूरीमा रहेको रमणीय जिल्ला पर्यटकको रोज