☰ open Loading... 1 May 2024|  

वन

दशैँ कि दशा  ?

दशैँ कि दशा  ?

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १४:३७
ऋणकै छ त्रास के आउँथ्यो दशैँ ? झुपडीको बास के आउँथ्यो दशैँ ? हुनेखानेलाई पो आउँछ त चाडबाड, परियो दास के आउँथ्यो दशैँ ?   दिनभरी नङ्ग्रा खियाउनु पर्छ , जुटाउन गास के आउँथ्यो दशैँ ?   जुवा तासको नशा चढेपछी बालाई, हुन सक्छ बनबास के आउँथ्यो दशैँ ? यो अभावले गर्दा कहिल्यै लागेन, चाडबाड नि खास, के आउँथ्यो दशैँ ?   रेमिट्यान्स कुरी बस्याथे छिमेकी, फर्कियो
दैलेख घुम्ने निम्तो

दैलेख घुम्ने निम्तो

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार ०९:४९
पञ्चकोशी पेट्रोल खानी घुम्ने भए दैलेख आउनु, यो निश्चललाई आफ्नै ठानी घुम्ने भए दैलेख आउनु । कुइयाँको ताल, मदन ताल, पञ्चदेवल र कोतगढी, घुमाइ दिउँला मेरी रानी घुम्ने भए दैलेख आउनु । पाथरनाउली, दुल्लु दरवार, किर्तिखम्बा र बाँडगँगा, मनमोहक छन् कान्छी नानी घुम्ने भए दैलेख आउनु । जाउँला पूज्न नारायणथान, बेलासपूर र गणेश मन्दिर, लौ न मेरो कुरा मानि घुम्ने भए दैलेख आउनु । नौमुलेको माछा खाई द्धारीक
मायाको सपनामा सिमित मान्छे

मायाको सपनामा सिमित मान्छे

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १५:००
सपनामा समेत मलाई निदाउन दिइनौ । अब तिमी सपनामा पनि कहिल्यै नआउनु मलाई अप्ठ्यारो हुन्छ रु तिमिलाइ के थाहा माया केहो भनेर ? तिमी त रुवाउन खप्पिस मान्छे, दुनिया रुवाउँदै हिड्ने । मन दुखाऊनेहरुलाई के थाहा १ हाँस्न त परै जावस्, रुन पनि धेरै अप्ठ्यारो हुन्छ भनेर । वास्तवमा तिम्रा लागी ज्यान दिन्छु भन्नेहरू नै विछोडको चोटहरु दिएर पलपल मार्दा रहेछन् जिउदै । प्रेम हाँसो अनि आँशु दुवै हो । हाँसाउन जान्न
जिस्क्याउने केटी

जिस्क्याउने केटी

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार ११:१८
अफिसबाट कोठामा भर्खर पुगेर आराम गर्दै थिएँ, मोबाइलको रिङटोनले एकाग्रता भगं गरिदियो । आमाको फोन रहेछ, एक हप्ताको बिदा मिलाएर जसरी पनि घर आउन भन्नु भयो । दशैं पछि घर जाने मौका मिलेको थिएन, यसो हिसाब गरेको पुरै ६ महिना पो भएछ । सन्तानहरु शहरमा सुख सयलमै रमेका भए पनि बाआमाको मन न हो, लामो समयसम्म सन्तान भेट्न नपाउँदाको छटपटाहट, घरमा मिठो, मसिनो पकाएर भाग लगाउँदा आउने सन्तानको याद अनि चाडबाडमा सन्तान
प्रेरणादायी ‘आमोई’

प्रेरणादायी ‘आमोई’

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:४०
‘आमोई’ अर्थात् रोमकुमारी । ९ वर्षकी हुँदा उनको विवाह भयो । १२ वर्ष पुग्दा श्रीमान्ले आत्महत्या गरे, उनी एकल भइन् । उनको जीवनले बेहोर्नुपरेको पहिलो चट्याङ थियो त्यो । चट्याङ यति भयंकर थियो र पनि उनले त्यतिबेला त्यसको चोट महसुसै गरिनन् । आफ्नो जीवनलाई उजाड मरुभूमि बनाइदिने चट्याङ नै त्यही रहेछ भन्ने उनले पछिमात्र चाल पाइन् । शनैःशनैः उनको जीवनमा बाढी पस्यो, भुइँचालो आयो, पहिरो खस्यो । यस्ता अनेक वि
खाेलीदेउ

खाेलीदेउ

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:३७
सआदत हसन मन्टो अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि । सिराजुद्दिनलाई होसमा फर्कन भोलिपल्टको १० बज्नुप¥यो । ऊ खाली मैदानमा ढलेको थियो । महिला, पुरुष र अन्य केटाकेटीले उसलाई घेरा हालेर होहल्ला मच्चाइरहेका थिए । हुन त यसले उसलाई केही प्रभाव पारेको थिएन । ऊ नचल्मलाई नीलो आकाशमा एक
मीनराजको ‘मुदिर’ र सुमन  ‘मौनता’ बजारमा

मीनराजको ‘मुदिर’ र सुमन ‘मौनता’ बजारमा

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:३१
साहित्यको बजार चम्कँदै जान थालेपछि अचेल साता नै पिच्छे पुस्तक सार्वजनिक हुने क्रम बढिरहेको छ । आख्यानले साहित्यको बजारहिस्सा बढाउँदै लगेको बेला शनिवार राजनधानीमा केहि समानताबीच दुई उपन्यास सार्वजनिक भए । युवा उपन्यासकार मीनराज बसन्तको उपन्यास मुदिर र सुमन घिमिरेको मौनता राजधानीको दुुई फरक कार्यक्रममा विमोचन भयो । यी दुवै उपन्यासमा वैदेशिक रोजगारका कथाहरु पनि समावेश गरिएका छन् । दुवै विमोचनका ला
हुनु छैन

हुनु छैन

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:०७
मलाई कसैको दास हुनु छैन, कलंकित इतिहास हुनु छैन ।। छाती भरी घृणा र ताप पालेर, छोटो जीवन सत्यानास हुनु छैन ।। जननी जन्मभूमी प्राण हो मेरो, सुम्पेर उसलाई खास हुनु छैन ।। नागरिकता र सीमाना बेचेर तिमी जस्तै म बद्मास हुनु छैन ।। बरु जल्दछु मुढा झैं दनदनी, छेकिएको म प्रकाश हुनु छैन ।। बग्दछ म भित्र पुर्खाकै रगत, जिउँदै मरेको लाश हुनु छैन ।। (लमजुङ स्थायी ठेगाना भएका लेखक कुंवर हाल, कता