☰ open Loading... 26 April 2024|  

गतिविधि

जीप र भ्यान दुर्घटना, १३ जना घाइते

जीप र भ्यान दुर्घटना, १३ जना घाइते

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १९:००
पाल्पामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । आज सोमबार बिहान र दिउँसो दुई स्थानमा भएका दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको रम्भा गाउँपालिका नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । आर्यभाङ्ज्याङ्बाट रामपुर हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा
गाजापट्टी र वेस्ट बैंकमा इजरायली सेनाको तीव्र आक्रमण

गाजापट्टी र वेस्ट बैंकमा इजरायली सेनाको तीव्र आक्रमण

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १८:५६
इजरायलले हमास समूहको नियन्त्रण रहेको गाजापट्टीसँगै प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसन (पीएलओ) को नियन्त्रण रहेको वेस्ट बैंकमा समेत आक्रमणलाई तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सुरक्षा संयन्त्र आईडीएफले गत ७ अक्टोबरको आक्रमणमा हमासले बन्धक र बेपत्ता बनाएका आफ्ना र विदेशी नागरिकको खोजी गर्ने भन्दै आइतबारदेखि गाजा र वेस्ट बैंक दुवै क्षेत्रमा आक्रमण बढाएको हो । इजराय
खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १८:३८
म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए। प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले सहभागिता जनाएका थिए।पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मा

नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १५:२७
दाङको ग्वारखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको राजपुर गाउँपालिका–१ गुरुङ खोला घर भई तुलसीपुर उपमहानगरपालिका-७ स्थित मामा घरमा बस्दै आएकी ७ वर्षीया समीक्षा खड्काको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।
आज महानवमी, यसकारण छ विशेष ?

आज महानवमी, यसकारण छ विशेष ?

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार ०८:१४
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले
पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    प्रकाशित मितिः ५ कार्तिक २०८०, आईतवार १९:१०
पाल्पाको रानीमहल नजिकै गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरूष रहेका छन्। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। घाइते

खान लागेको मासु अड्किएर मृत्यू !

    प्रकाशित मितिः ५ कार्तिक २०८०, आईतवार १८:००
खाँदै गरेको मासु अड्किएर दैलेखमा एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर बिकको मृत्यू भएको नौमूले गाउँपालिका–६ का वडासदस्य खगिसरा बिकले जानकारी दिनुभयो । आज दिउँसो घरमै आफैले चुल्होमा पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर तत्कालै मृत्यू भएको वडासदस्य बिकले बताउनुभयो । मृतक दलबहादुरका तीन छोरा र एक छोरी छन् ।
धादिङ भूकम्प: ६ वटा कच्ची घरमा क्षती, एक ठाउँमा पहिरो

धादिङ भूकम्प: ६ वटा कच्ची घरमा क्षती, एक ठाउँमा पहिरो

    प्रकाशित मितिः ५ कार्तिक २०८०, आईतवार १३:२३
धादिङमा आइतबार बिहान गएको भूकम्पबाट ६ वटा कच्ची घरमा क्षती पुगेको छ। भूकम्पले ६ वटा कच्ची घरमा क्षती पुर्‍याएको र एक ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार भूकम्पका कारण ज्वालामुखि -५ भक्कि कुमालको कच्चि घरको पछाडि भागको भित्ता भत्किएको छ। सोहि ठाउँ बस्ने रमेश कुमालको बाँस र माटोले बनेको कच्ची ‍घरको पछाडिको भित्ता भत्किएकोछ। त्यस्तै
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

    प्रकाशित मितिः ५ कार्तिक २०८०, आईतवार ०८:२६
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च प

नाबालिकाको बलात्कारपछि हत्या,अभियुक्त पक्राउ

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार २१:४४
भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्। प्रहरीले हत्यरा राईलाई पक्राउ गरी कानुनी कारवाहीको प्रकृया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका एसपी सुदीप पाठकका अनुसार हत्या अभियोगमा पक्राउ परेका राईले बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन्। ‘विहिबारदेखि हराइरहेकी बालिकाको खोज