☰ open Loading... 7 November 2024|  

प्रदेश खबर

सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)

सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १३:२२
वीरेन्द्रनगरको एयरपोर्ट चौकदेखि धुलियाविट सडक खण्ड हिलाम्मे हुँदा यात्रुलाई आवतजावतमा सास्ती हुने गरेको छ । फोरलेन सडक विस्तारको क्रममा निर्माण कम्पनीले थुपारेको माटो पानीले बगाएर सडकमा ल्याएपछि आवत जावतमा सामस्या भएको हो । धुलियाविट चौकमा एकतर्फी सडक सुचारु भएपछि यात्रु र सवारी सञ्चालनमा गर्नमा थप समस्या भएको छ । केही दिन परेको पानीले यो सडक खण्ड पूरै हिलाम्मे बनेको छ । थप तस्वीर हेर्नुहोस् ।
भैंसीलाई स्याउ !

भैंसीलाई स्याउ !

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १२:१७
बाजुराको जुकोटमा यो वर्ष पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई आहारका रूपमा खुवाउँदै छन् । जुकोटमा अधिकांश परिवारका २र४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम
कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०९:५०
वैदेशिक रोजगारीमा कतार पुगेका जाजरकोटीहरुले जाजरकोट प्रबाशिय सेवा समाज गठन गठन गरेका छन् । जाजरकोटबाट कतार पुगेकाहरु विच एकता गर्न र यहाँ आई पर्ने समस्याहरुको समाधान गर्ने हेतुले समाज गठन गरिएको हो । प्रेम बहादुर रावतको अध्यक्षता नयाँ कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर रावल र जय बहादुर शाही, सचिवमा लक्ष्मण रसाइली तथा सह–सचिवमा होम बहादुर पुन र कोषाध्यक्षमा जेना पुन छन् ।
भेरीगंगामा दमकल आयो

भेरीगंगामा दमकल आयो

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०६:५३
सुर्खेतको भेरीगंगा नगरपालिकाले आगलागी नियन्त्रण गर्ने दमकल भित्राएको छ । जिल्लाको जेठो नगरपालिका र प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगर नगरपालिकाले हालसम्म दमकल छैन् । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएर पनि वीरेन्द्रनगर दमकलविहिन छ । तर नगरपालिका घोषणा भएको केही वर्षमा नै भेरीगंगा नगरपालिकामा दमकल आएको खवर साझा विसौनी दैनिकमा छ । भारतीय राजदुतावासको सहयोगमा स्थानीय विकास मन्त्रालयल
खच्चड हिडेपछि पुल जिर्ण

खच्चड हिडेपछि पुल जिर्ण

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:३७
जिल्ला सदरमुकाम गमगढी र जिल्लाको रुगा गाविससहित अन्य गाविस जाने बाटोको मुख्य पुलमा खच्चड हिडाउन थालेपछि जिर्ण बनेको छ । रुगा, सोरु गाविससहित हुम्ला जिल्ला जाने मुख्य पुलमा दैनिक दुइसय खच्चड भारीसहित हिडाउँदा पुल जिर्ण बन्दै गएको स्थानीयले बताएका छन् । खच्चड हिडेपछि पुल जिर्ण बन्न थालेपछि स्थानियहरु जोखिम उठाएर यात्रा गर्न बाध्य छन् । दैनिक जसो पुलबाट खच्चडहरु आवतजावत गरिरहने भएकाले पुलको स्तर खस्
दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:१४
विपद्को समयमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको छ । दलित विकास समाज सल्यानद्धारा संचालित पहल कार्यक्रम अन्तरगत समितिलाई ति सामग्री हस्तान्तरण गरिएको हो । पहल कार्यक्रमका जिल्ला संयोजक गोकर्ण देवकोटाले सल्यानका प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्धार समितिका अध्यक्ष दुर्गादत्त पौडेललाई विपद्को समयमा आवश्यक उद्धार सहयोग सामाग्री हस्तान्तरण गरेका हुन
चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १४:५७
चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमवार राती परेको चट्याङले बाघमारे–३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चट्याङ लागेर घाईते भएका पवनको मंगलवार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, चट्याङ लागेर पवनकी आमा ३९ बर्षीया जुद्वकुमारी केसी र दिदी रेणुका घाईते भएका छन् । उनीहरु
समयमै काम सम्पन्न गर्न घडि उपहार

समयमै काम सम्पन्न गर्न घडि उपहार

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १०:३२
स्थानीय स्तरका कामहरु लाई अझै पारदर्शिता, जवाफदेही र समयमै सम्पन्न गर्न का लागि आज घडी उपहार दिईएको छ । तालिममा सहभागी भएका युवाहरूले खाजा खर्च बाट रकम जुटाएर उपहार हस्तान्तरण गरिएको हो । घडी हस्तान्तरण गर्दै ग्रामीण एकता युवा समूह तथा संजाल का अध्यक्ष अमर कार्की ले बाबियाचौरमा भईरहेका बिकास निर्माण का काम जो कोहिले पनि समयमै गर्नुपर्ने र यसको सुरुवात युवाहरुबाट नै सुरु गर्ने बताएका छन् । यु
महिलाको शव खोलामा भेटियो

महिलाको शव खोलामा भेटियो

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०७:१९
दैलेखको रानीवन गाविस–९ की अन्दाजी १३ वर्षीय ऋति सिंहको शव खोलामा भेएिको छ । घरबाट राती एक्काशी हिडेकी सिंहको भैरीकालिनकाथुम १ को छामघाट खोला नजिक शव भेएिको दैलेख प्रहरीले जानकारी दिएको धमाका दैनिकमा खवरमा छ । आफन्तका अनुसार उनी बेला बेलामा घरबाट हिड्ने गरेकी थिईन् । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
श्रीमतिसंगै सुतेका पती खोलामा मृत भेटिए

श्रीमतिसंगै सुतेका पती खोलामा मृत भेटिए

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १९:४५
भदौ–राति एउटै घरमासँगै सुतेका पति विहान खोलाको बगरमा मृत फेला पर्दा पत्नीको मन कस्तो होलारु कल्पना गर्न नसकिने यस्तै घटना रोल्पामा भएको छ । कोर्चाबाङ–५ निमृकी ३६ वर्षीय पूर्णकुमारी पुनमगरलेसँगै सुतेका पतिलाई विहान ओछ्याउनमा फेला पारिनन् । ब्यूझँदा ओछ्याउनमा पति नदेखेपछि खोजी गर्न थालिन् । बिरामी पति नदेख्दा जति मन कुँडिएको थियो, उनलाई त्यो भन्दा धेरै पीडा माडी खोलाको बगरमा पति मृत फेला परेको खबर