☰ open Loading... 30 April 2024|  

विकास

कालिकोटमा चार वर्षमा ७५ सिँचाइ कुलो निर्माण

कालिकोटमा चार वर्षमा ७५ सिँचाइ कुलो निर्माण

    प्रकाशित मितिः १० भाद्र २०७६, मंगलवार १२:३७
कालिकोट : नेपाल सरकार र स्वीस सरकारको आर्थिक सहयोगमा संचालित साना सिँचाइ परियोजनाले चार बर्षमा ७५ वटा सिँचाइ कुलो निर्माण गरेको छ । २६ करोड ८६ लाख ५७ हजार ४४ रुपैयाँ लागतमा सिँचाइ कुलो निर्माण गरेको हो। सिँचाइ सुविधाबाट बन्चित समुदायमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सिँचाइ कुलो निर्माण गरिएका हुन्। जिल्लाका नौ वटा स्थानीय तहमा नै काम गरेर सिँचाइ कुलो निर्माण गरिएको साना सिँचाइ परियोजनाका इन
एक वर्ष अघि नै कालोपत्रे

एक वर्ष अघि नै कालोपत्रे

    प्रकाशित मितिः ९ भाद्र २०७६, सोमबार ११:३१
दैलेख, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखअन्र्तगत दैलेख खण्डमा एक वर्ष अघि नै कालोपत्रे गरिएको छ । २०७६ दशैंपछिबाट सुरु हुने कालोपत्रेको कार्ययोजना रहेपनि एक वर्षअघि नै गरिएको हो । निर्माण कम्पनीले लक्ष्यभन्दा एक वर्षअघि ९ किलोमिटर कालोपत्रे गरेको योजनाले जनाएको हो । निर्माण कम्पनीले एक वर्ष अघि कालोपत्रे गरेको योजनाका सुचना अधिकारी तुलाराम शर्माले बताए । पूर्व दैलेखको लोहोरेदेख
राकम कर्णालीमा नयाँ सहर निर्माण योजना आठ वर्षदेखि अन्योलमै

राकम कर्णालीमा नयाँ सहर निर्माण योजना आठ वर्षदेखि अन्योलमै

    प्रकाशित मितिः २० श्रावण २०७६, सोमबार ११:१५
दैलेखको आठबिस नगरपालिकास्थित कर्णाली नदी किनारमा समतल छ, राकम कर्णाली । यही फाँटमा आठ वर्षअघि सरकारले नयाँ सहर बनाउने निर्णय गर्दा स्थानीय बासिन्दा खुसी थिए । तर, अहिलेसम्म निर्माण योजना अघि नबढ्दा भने चिन्तित बनेका छन् । ग्रामीण बस्तीमा स्वास्थ्य र शिक्षालाई प्रभावकारी सेवा प्रदान गर्ने अभियानसँगै एकीकृत बस्ती विकास गर्न राकम कर्णालीमा पनि नयाँ सहर बनाउने योजना बनेको थियो । मध्यपहाडी राजमार्गम
चल्यो त्रिशुली थ्री ‘ए’, ११ वर्षपछि राष्ट्रिय प्रणालीमा ठूलो आयोजना

चल्यो त्रिशुली थ्री ‘ए’, ११ वर्षपछि राष्ट्रिय प्रणालीमा ठूलो आयोजना

    प्रकाशित मितिः १८ श्रावण २०७६, शनिबार १७:३३
काठमाडौं । माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । आयोजनाको दोस्रो युनिटको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएपछि आयोजनाले पूर्णता पाएको हो । ३० मेगावाट पहिलो युनिटले २ जेठबाटै उत्पादन थालेको थियो । आयोजनाको दोस्रो युनिटको पनि बुधबारबाट लगातार ७२ घन्टे परीक्षण पनि सफल भएको छ । यससँगै २०६५मा मध्यमस्याङ्दीपछि सबैभन्दा ठूलो आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको नेपाल विद
एकै वर्षमा जुम्लामा ३०० उद्योग दर्ता, ४३ लाख राजस्व संकलन

एकै वर्षमा जुम्लामा ३०० उद्योग दर्ता, ४३ लाख राजस्व संकलन

    प्रकाशित मितिः १७ श्रावण २०७६, शुक्रबार १५:०९
जुम्ला :  घरेलु तथा साना विकास समिति जुम्लाले  ४२ लाख  ९०  हजार  ५५ रुपैया  राजस्व संकलन गरेको छ।  आर्थिक वर्ष २०७५/७६ मा  दर्ता भ्एका उद्योगबाट  उक्त राजस्व संकलन गरेको हो।  घरेलु तथा साना बिकास समितिका  अनुसार यस आर्थिक वर्षमा  साना उद्योग तर्फ २ सय  ६४ र  लघु उद्योग तर्फ  ३६ वटा, गरी जम्मा तिनसय वटा उद्योग दर्ता भएका छन्। घरेलु विकास समितिले जुम्लाका बेरोजगार युवायुवतीलाई  लक्षित गरी  विभिन्न
डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी

डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी

    प्रकाशित मितिः १७ श्रावण २०७६, शुक्रबार १२:०५
जुम्ला, मेसिन जडानका क्रममा बेरिङ भाँचिएपछि जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी गरिएको छ । साना जलविद्युत् उपभोक्ता समितिले डिजेल प्लान्ट मेसिन भित्र्याएको छ । साना जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि भारतीय दूतावासको सहयोगमा नयाँ मेसिन ल्याइएको थियो । तर, जडानका क्रममा मेसिनको बेरिङ भाँचिएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । मेसिन खरिदका लागि भारतीय दू
कर्णाली राजमार्गको बाधक साना खोला

कर्णाली राजमार्गको बाधक साना खोला

    प्रकाशित मितिः १५ श्रावण २०७६, बुधबार १२:३९
बर्खा लागेपछि कर्णाली राजमार्ग अवरुद्ध हुनुमा सडक क्षेत्रमा पर्ने साना खोला प्रमुख कारण बन्ने गरेका छन् । कर्णाली राजमार्गको दैलेखमा रहेका घट्टेखोला, कालिकोटमा रहेका दैखोला, एसमोड, सेरीघाट खोला, सुनारखोला, बिहानी खोला, गगनेखोला, कालेखोला र खल्लागाड खोलाले सधैँ अवरोध गर्ने गरेको यातायात व्यवसायी बताउँछन् ।सानो पानी पर्नासाथ यी खोलामा कहिले बाढी आउने त कहिले पहिरो जाने भएकाले यातायातका साधन अवरुद्
किसानलाई सोलार डायरी

किसानलाई सोलार डायरी

    प्रकाशित मितिः १५ श्रावण २०७६, बुधबार १२:२१
डोल्पा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले किसानहरूलाई  सोलार डायरी वितरण गरेको छ । नगरपालिकाले वडा नं. १ र ३ का किसानलाई सोलार डायरी वितरण गरेको हो । आठवटा कृषक समूहलाई दुई लाख ३५ हजार पाँच सयका दरले सोलार डायरी किनेर वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए । किसान आफैँले ढुवानी रकम व्यहोर्ने गरी नगरपालिकाले १९ लाख अनुदान सहयोगमा सोलार डायरी खरिद गरेर वितरण गर
कम्पनीको लापरबाहीले चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध

कम्पनीको लापरबाहीले चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध

    प्रकाशित मितिः १२ श्रावण २०७६, आईतवार १९:१४
जाजरकोट, टावर निर्माण कम्पनीको लापरबाहीले चार दिनदेखि जाजरकोट सदरमुकामलगायत जिल्लाभरको टेलिफोन सेवा अवरुद्ध भएको छ । केही दिनदेखि टेलिफोनले काम नगरेको स्थानीय प्रकाश शाहीले बताए । ‘फोनले काम गरेको छैन । इन्टरनेट पनि भरपर्दो छैन,’ शाहीले भने । टेलिकमले टावरको मर्मतसम्भार र क्षमता बिस्तार नगर्दा समस्या भएको उनको भनाइ छ । टेलिफोन अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी संघसंस्थाको कामकाजसमेत प्रभावित भ
नौ महिनादेखि जुम्ला सदरमुकाम खलंगा अन्धकारमा

नौ महिनादेखि जुम्ला सदरमुकाम खलंगा अन्धकारमा

    प्रकाशित मितिः ७ श्रावण २०७६, मंगलवार १९:४५
जुम्ला, मेसिन बिग्रिएपछि नौ महिनादेखि अन्धकारमा रहेका जुम्लाका बासिन्दाले अझै विद्युत् नपाउने भएका छन् । विद्युत्गृहमा मेसिन जडान गर्दागर्दै बेरिङ भाँचिएपछि अनिश्चित बनेको छ ।  भारतीय दूतावासले सहयोग गरेपछि नौ महिनाअघि नयाँ मेसिन जडान गर्न सुरु गरिएको थियो । चलिरहेको आयोजना बन्द गरेर नयाँ मेसिन जडान गर्न थालिएको थियो । मेसिन जडान गर्दा आयोजना बन्द गर्नु परेपछि विद्युत् आपूर्ति पनि रोकिएको थियो